कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु

कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु

झापा : झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा साइकलबाट लडेर घाइते भएको थियो। 

घाइते उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु भएको थियो। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.