झापामा मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु

झापा : झापामा मोटरसाइकल दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ७ स्थित नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्की रहेको प्रहरी कार्यालय  झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

प्रहरीका अनुसार आइतबार अपराह्न ५ बजे बुद्धशान्ति गाउँपालिका-२ स्थित रबर बगानस्थित भित्री सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र-१-०१-०१५ प २५३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक अर्जुनधारा- ७ का ४४ वर्षीय सुमन र उनका आमा लक्ष्मीमाया कार्की घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिए पनि लक्ष्मीमायालाई चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ। लक्ष्मीमायाको टाउकोमा गम्भीर चोट लागेको थियो। यता चालक सुमनको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.