बैतडीमा दोस्रो पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने

बैतडीमा दोस्रो पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने

बैतडी : बैतडीमा दोस्रो पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा आउँदो असोज १ गतेदेखि दोस्रो पीपीएल खुल्ला पुरुष टि-२० क्रिकेट प्रतियोगिता हुने भएको हो। 

पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो। प्रथम हुनेलाई १ लाख ११ हजार १११ नगतसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। दित्तीय हुनेलाई ५५ हजार ५ सय ५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने छ। 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कार स्वरुप ११ हजार १११ रुपैयाँ नगतसहित प्रमाणपत्र प्रदान गरिने छ। वेस्ट ब्याट्सम्यान र वेस्ट द ब्याट्स म्यानलाई जनही ५ हजार ५५५ नगतसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिने छ। 

खेलमा देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागिता जनाउन भदौ ३० गतेसम्म टिम दर्ता गर्नुपर्ने छ। टिम दर्ताका लागि दर्ता शुल्क ११ हजार ११ सय ११ रुपैयाँ तोकिएको पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए। 

पाटन नगरपालिका-६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने राउण्ड रोबिन लिगमा खेलाइने खेलमा लिग चरणका खेलहरु १५ ओभरमा खेलाइनेछ भने क्वाटरफाइनलदेखिका खेलहरू २० ओभरमा खेलाइने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। 

स्थानीयस्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले क्लबले गत वर्षदेखि क्रिकेट प्रतियोगिता सुरु गरेको पाटन क्रिकेट क्लबका अध्यक्ष पारस बिष्टले बताए। यस वर्षको प्रतियोगितामा बैतडी युवा समाजको सहकार्य रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.