कायमुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश सिन्हालाई कोरोना संक्रमण

कायमुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश सिन्हालाई कोरोना संक्रमण

काठमाडौं : कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिलकुमार सिन्हालाई कोरोना भाइरस संक्रमण भएको छ।

कायममुकायम प्रधान न्यायाधीश कार्की र न्यायाधीश सिन्हा होम आइसोलेसनमा छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेको र कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण भएपछि वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले सहायक कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी पाएका छन्। 

त्यस्तै अन्य न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, टंकबहादुर मोक्तान, सुष्मालता माथेमा, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल सोमबार अदालतमा अनुपस्थित भएका थिए। अदालत स्रोतले भन्यो, 'केही माननीय न्यायाधीशज्यूले आफूलाई बिसञ्चो भएकोले अनुपस्थित भएको जानकारी गराउनु भएको छ।'

सहायक कायममुकायम प्रधान न्यायाधीश कार्की र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, नहकुल सुबेदी र तिलप्रसाद श्रेष्ठ मात्र  मुद्दा सुनुवाई गरेका छन्। 

सर्वोच्च अदालतमा सोमबार ११ जना न्यायाधीशले मात्र मुद्दा सुनुवाई गरेका छन्। २ सय १९ वटा मुद्दा पेसी तोकिएकोमा २३ मुद्दाको फैसला र १९ वटा मुद्दाको आदेश भएको छ। त्यस्तै ९४ वटा मुद्दा हेर्न नभ्याइनेमा परेको छ। २५ वटा मुद्दा हेर्न नमिल्ने र १४ वटा मुद्दा स्थगित भएको छ।

कानून मन्त्री मन्त्रालय फर्किए
कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका कानून न्याय तथा संसदीय मामिला मन्त्री  गोविन्द प्रसाद शर्मा (कोइराला) काममा फर्किएका छन्। मन्त्री शर्मालाई दुई साताअघि कोरोना संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ। 


  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.