'म्याद थपको निवदेन नदिएका कारण करार शिक्षकको म्याद थपिएन'

'म्याद थपको निवदेन नदिएका कारण करार शिक्षकको म्याद थपिएन'

महोत्तरी : बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले  विधि र प्रक्रियाको सम्मान गरिदिनका लागि आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन्। आज मंगलबार पत्रकारसँग कुराकानी गर्दै नगरप्रमुख क्षेत्रीले आन्दोलनरत शिक्षकहरूलाई नगरले खोलिएको शिक्षक भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरे। 

नगरपालिकाका ५१ वटा सामुदायिक विद्यालयमा कार्यरत करारका शिक्षककै कमिकमजोरीका कारण म्याद थप नभएको भन्दै उनले कुनै पनि शिक्षकले म्याद थपको निवेदन नदिएको स्पष्ट पारेका छन्। नगरप्रमुख क्षेत्रीले भने, 'विधिवत् रूपमा निवदेन दिएको भए पनि कानुनी माध्यमबाट ती शिक्षकहरूको म्याद थप गर्ने नगरको सोचाइ थियो। नगर कार्यपालिकासमेतले म्याद थपबारे कुनै निर्णय दिन सकेन। शिक्षा शाखाले म्याद थपको कुनै कानुनी आधार नदेखेपछि करारका शिक्षकहरूलाई हाजिर नगराउन चिठ्ठी लेखिएको हो।'

यता म्याद थपको माग गर्दै करारका शिक्षकहरूले आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन्। आन्दोलनको पहिलो दिन सोमबार शिक्षकहरूले बर्दिबास नगरपालिकाको मुलगेट अगाडि तीनघण्टा धर्ना दिएका थिए। उनीहरूले आइतबार मेयर प्रह्लाद कुमार क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै साउन २९ गतेसम्मको चरणबद्ध संघर्षका कार्यक्रम गर्ने बताएका थिए। 

पूर्वमेयर विदुरकुमार कार्कीले गत वर्ष खुल्ला प्रतिस्पर्धामार्फत प्राथमिक तहदेखि माध्यमिक तहसम्मका ६२ जना करारमा शिक्षक भर्ना गरेका थिए। साउन २० गते नगरपालिकाका शिक्षा अधिकृत गणेश प्रसाद दाहालले एक सूचना जारी गरि करारका नगर शिक्षकलाई हाजिर नगराउन र कामकाज नलगाउन विद्यालयहरूलाई निर्देशन दिएपछि शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.