चोरीका घटना बढेपछि व्यवसायीले बुझाए नगरपालिकालाई ज्ञापनपत्र

चोरीका घटना बढेपछि व्यवसायीले बुझाए नगरपालिकालाई ज्ञापनपत्र

झापा : भद्रपुर नगर क्षेत्रमा बढ्दै गएको चोरीका घटनाबाट आजित बनेका उद्योगी-व्यवसायीले शान्ति सुरक्षाको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। झापा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा मंगलबार नगरपालिका पुगेको उद्योगी-व्यवसायीको टोलीले नगर प्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा भनिएको छ- 'झापाको सबैभन्दा पुरानो औद्योगिक तथा व्यापारिक केन्द्र भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन्। विभिन्न कारणले निरन्तर व्यवसाय खस्कँदो अवस्थामा रहँदा आर्थिक रूपमा समस्या भोग्दै आएका उद्योगी-व्यवसायी एकपछि अर्को चोरीका घटनाले थप आर्थिक क्षति बेहोर्न बाध्य भएका छन्। एकातिर भने अर्कोतिर व्यक्तिगत तथा व्यवसायिक असुरक्षा पनि बढेको छ। लगातार दिनदहाडै चोरीका घटना भइरहनुले भद्रपुर क्षेत्रमा सुरक्षा व्यवस्थाको कमजोरीलाई उजागर गर्दछ। यसर्थ, यस विषयमा स्थानीय सरकारको रूपमा रहेको भद्रपुर नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौँ। कसरी हुन्छ भद्रपुर क्षेत्रको सुरक्षा व्यवस्था मजबुत तुल्याएर यहाँका उद्योगी-व्यवसायीलाई भयरहित ढङ्गले उद्योग-व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिनुहुन अनुरोध छ। अन्यथा, सामान्य अवस्थामा पनि व्यापार-व्यवसाय नचलेर पीडा भोगिरहेका उद्योगी-व्यवसायी आफ्नो उद्योग-व्यवसाय छोडेर पलायन हुनसक्नेतर्फ पनि नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौँ।'

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पोखरेलले भद्रपुर बजारमा चोरीका घटना बढिरहेकोमा आफू पनि चिन्तित रहेको बताउँदै नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्थाका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताए। उनले भद्रपुर क्षेत्रमा सीसीटीभीको पनि कमि देखिएको भन्दै पर्याप्त क्यामेरा जडानका लागि नगरपालिकाले जिम्मेवारी लिने र त्यसको लागत सहभागिताका लागि संघले पनि सहयोग पुर्‍याउन आग्रह गरे।

संघले नगरपालिकामा बुझाइएको ब्यहोराकै ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापामा बुधबार बुझाउने कार्यक्रम रहेको कार्यालय सचिव दुर्गा खतिवडाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.