सामुदायिक वनमा आधारित वृत्तचित्र  'हाम्रो जंगल' सार्वजनिक

सामुदायिक वनमा आधारित वृत्तचित्र  'हाम्रो जंगल' सार्वजनिक

झापा : सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित वृत्तचित्र बनेको छ। देशभरका वनहरू समुदायमा हस्तान्तरण भएसँगै भए गरेका प्रगतिको कथामा आधारित 'हाम्रो जंगल' चलचित्रलाई वृत्तचित्रको रूपमा ल्याइएको हो।

झापा र इलामको वनहरूमा छायाङ्कन गरिएको 'हाम्रो जंगल' नामक एक घण्टाको उक्त वृत्तचित्र झापाको जामुनखाडी सिमसारमा बुधबार सार्वजनिक गरिएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको प्रस्तुति र माइबेनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको उक्त वृत्तचित्र सातौँ वन दिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको हो।

सामुदायिक वन उपभोक्ता महासंघ झापाद्वारा कनकाई नगरपालिका-२ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रममा वृक्षारोपणसहित वन नियमावली सम्बन्धी अन्तरक्रिया गरिएको थियो। 

ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त चलचित्र सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा छायाङ्कन गरिएको छ। मेचीनगर निवासी निर्देशक केरुङले निर्देशन गरेको माझिदाई, आमाको काख, हामी शरणार्थी चलचित्र हिट भएका छन्।

निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्र बनाएका हुन्। सामुदायिक वनका गतिविधिलाई कथामा समेट्न खोजिएको उनले बताए। 'सामुदायिक वनहरू यहाँसम्म आइपुग्न उपभोक्ताको ठुलो हात छ,' उनले भने, 'यही सफलतालाई पर्दामा देखाउने जमर्को गरेको छु।'

चलचित्रको मुख्य भूमिकामा कलाकारहरू सुभाष मेचे, समिता गिरी, सुरवीर पण्डित, पुकार भट्टराई र विपिन प्रसाईँ छन्। कृष्ण कोइराला, विक्रम श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ। निर्माता विस्मार्क लिम्बूका अनुसार वृत्तचित्रलाई देशभरका २२ हजार ४ सय सामुदायिक वनका उपभोक्ता समूहमार्फत उपभोक्तालाई देखाइनेछ। सो वृत्तचित्र बनाउने करिब ८० लाख रुपैयाँ खर्च लागेको उनले बताए। 

महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षता एवम् केन्द्रीय सदस्य सङ्गीता थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष प्रेम घिमिरेले गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.