महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा ५ जना घाइते

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा ५ जना घाइते

महोत्तरी : महोत्तरीको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। शनिबार जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको प्रदेश २-०३-०१९ प ११११ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०२-००३ प ६७७ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन्। 

घाइते हुनेमा प्रदेश २-०३-०१९ प ११११ नं.को मोटरसाइकल चालक जिल्ला सर्लाही बरहथवा नगरपालिका- १६ का ३५ वर्षीय हरी शंकर यादव र सोही मोटरसाइकल पछाडि सवार उनको श्रीमती २५ वर्षिया सृजना यादव घाइते भएका प्रहरीले जनाएको छ। त्यस्तै प्रदेश २-०२-००३ प ६७७ नं.को मोटरसाइकल चालक महोत्तरी गाँउपालिका २ का २२ वर्षीय विजय यादव, पछाडि सवार उनको श्रीमती वर्ष २१ की सुनिता र २ वर्षीया छोरी सोनी रहेका प्रहरीले जनाएको छ।

घाइते पाँचै जनाको प्रदेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.