राष्ट्रपतिद्वारा निहारिकाको विषयमा गम्भीर चासो, न्यायाधीशमाथि छानबिन

राष्ट्रपतिद्वारा निहारिकाको विषयमा गम्भीर चासो, न्यायाधीशमाथि छानबिन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मदाहको प्रयास गरेकी सोनालीकुमार सिंह (निहारिका राजपुत)को विषयमा गम्भीर चासो व्यक्त गरेकी छन्।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिकाको सन्दर्भमा चासो व्यक्त गरेकी हुन्। निहारिकाले राष्ट्रपति भवन सितल निवास अगाडि शुक्रबार आत्मदाहको प्रयास गरेकी थिइन्। हालः उनको शिक्षण अस्पताल महारागञ्जमा उपचार भइरहेको छ।

महान्यायाधिवक्ता खातीले राष्ट्रपति भण्डारीबाट निहारिकाको विषयमा चासो व्यक्त भएको जानकारी दिए। ‘निहारिकाको सम्बन्धमा चासो व्यक्त गर्नु भएको थियो,’ महान्यायाधिवक्ता खातीले अन्नपूर्णसँग भने, ‘निहारिकाको समस्या र वस्तुगत स्थिति के हो? भन्ने विषयमा छलफल भयो।’

आफूमाथि जर्बजस्ती करणी भएको अभियोग लगाउँदै आएकी निहारिकाले बच्चाको डीएनए परीक्षण गर्न माग गर्दै आएकी छन्।

न्यायाधीशमाथि छानबिन

निहारिकाको विषयमा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईमाथि छानविन सुरु भएको छ। राष्ट्रपति भण्डारीसँगको भेटघाटमा कानुनमन्त्री शर्माले न्यायाधीश भट्टराईमाथि अनुसन्धान भइरहेको जानकारी गराएका थिए। न्यायाधीश भट्टराईमाथि न्यायपरिषद्ले छानबिन सुरु गरेको हो।

को हुन् निहारिका?

निहारिका धनुषा जिल्लाकी हुन्। आफूमाथि जर्बजस्तीकरणी गरेको आरोप उनको छ। २०७६ कात्तिक ६ गते जबर्जस्ती करणीको गरिएको उनको जिकिर छ। धनुषा, जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर आफूलाई करणी गरेको उनको दाबी छ। उनका २१ महिनाका छोरा छन्।

२०७६ फागुनमा बलात्कार गरेको मुद्दा दर्ता हुनुअघि निहारिकाले श्रीमान-श्रीमतीको सम्बन्ध कायम गर्न र हक अधिकारको माग गर्दै प्रहरीलाई निवेदन दिएकी थिइन्। सोही निवेदनलाई आधार मान्दै जिल्ला अदालत धनुषाले जबर्जस्ती करणी गरेको पुष्टि नहुने फैसला गरेको थियो।

२०७८ माघ २४ गते जिल्ला अदालतको फैसलापछि उनले बच्चाको डीएनए परीक्षणको माग राख्दै आन्दोलनरत छिन्। न्यायका लागि उनी प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगसमक्ष पुगेकी थिइन्। महिला आयोगले उच्च अदालतमा मुद्दा विचाराधीन भएकाले केही गर्न नमिलेको जनाएको छ। जिल्ला अदालत, धनुषाको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा गत फागुनमा पुनरावेदन दर्ता भएको छ।

गत जेठ २९ गतेबाट काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएकी थिइन्। माइतीघर र वसन्तपुरमा लामो समय अनसन बसेकी निहारिकालाई गत असार ३ गते गृहमन्त्री बालकृष्ण खाँणले जुस खुवाएर अनसन तोडाएका थिए। सरकार र निहारिकाबीच पाँच बुँदे सम्झौतासमेत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.