झापामा चिनी, पाउडर दूध र सुपारी बरामद
झापा : झापा प्रहरीले काँकडभिट्टा र गौरीगञ्जबाट चिनी, पाउडर दूध र सुपारी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ७ मा भारतबाट अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याएको २ सय केजी अर्थात् एक लाख मूल्य बराबरको पाउडर दूध बरामद गरेको छ।
प्रहरीले मेचीनगर- ६ स्थित काठ मिल छेउबाट नेपालबाट भारततर्फ लैजाँदै गरेको ३० केजी सुपारी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका- ५ स्थित जनता टोल स्थित मान्छे नबस्ने ग्वालीमा ३१ बोरा चिनी बरामद गरेको छ।
भारतबाट अवैधरूपमा भन्सार छलेर लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले १ लाख ११ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो। बरामद गरिएको चिनी, दूध पाउडर र सुपारी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !