श्रीमानले आगो लगाउँदा घाइते भएकी प्रमिलाको उपचारको क्रममा मृत्यु
महोत्तरी : श्रीमानले आगो लगाउँदा घाइते भएकी महोत्तरी भंगहा-९ कन्चनवनकी ३५ वर्षीया प्रमिलादेवी सदाको उपचारको क्रममा मृत्यु भएको छ।
श्रीमान शंकरले आगो लगाएपछि उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको थियो।
गत साता घरमै सुतिरहेको समयमा श्रीमानले शरीरभरि मट्टितेल छर्केर आगो लगाउँदा प्रमिला गम्भीर घाइते भएकी थिइन्।
घटना भएलगतै फरार रहेका उनको श्रीमानको नेपाल भारत सीमा सम्सीबाट प्रहरीले नियन्त्रणमा लिएको एसपी कृष्णप्रसाद पङ्गेनीले बताए। शव परीक्षणको क्रममा सोही अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !