एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नेहरू साँठगाँठ गर्दैछन् : अध्यक्ष ओली

एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नेहरू साँठगाँठ गर्दैछन् : अध्यक्ष ओली

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नेहरूले साँठगाँठ गरिरहेको बताएका छन्। 

दक्षिणी झापाको कचनकवल गाउँपालिका-६ स्थित बनियानीमा बिहीबार आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, 'आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक्ला एक्लै लड्न नसक्ने भएर गठबन्धन गरेर एमालेसँग लड्न खोज्दैछन्, अपवित्र साँठगाँठको नाम हो गठबन्धन।' 

गठबन्धनमा ८/१० वटा दल पुगेको हुनसक्ने बताउँदै उनले अरू मान्छे जुटाउँदा पनि एमालेलाई केही फरक नपर्ने बताए। उनले भने, 'जस्तो सुकै गठबन्धन बनोस् त्यसलाई एमालेले पराजित गर्नेछ।' त्यसकारण उच्च मनोबल लिएर, जित्छु भन्ने विश्वास लिएर अगाडि बढ्न यसै मञ्चबाट सबैलाई आग्रह गर्न चाहन्छु।' 

आफूले सरकार बनाउनका लागि एमालेले जित्ने नभएको बताउँदै उनले देशलाई बर्बादीबाट बचाउन जित्न पर्ने बताए। 

सहिदहरूको रगतहरूले भन्छन् हामीलाई, सही बाटो हिडँदैछौ कि भुल्यौँ दाजुभाइ भन्ने गीतको शब्द वाचन गर्दै अध्यक्ष ओलीले भने, 'प्रचण्ड, माधवहरूलाई यो गीतले छुँदैन, यो गीत सुन्न वित्तिकै मुर्छा पर्छन्।'

उनले उनीहरू गलत, प्रतिक्रियावादी र प्रतिगमनको बाटोमा गइसकेका बताए। नागरिकताको प्रसङ्गमा बोल्दै उनले भने, 'संविधानले दिएको अधिकारबमोजिम सबै नेपालीले नागरिकता प्राप्त गर्छन्, त्यो प्राप्त गराउने काम एमालेको हो।' 

एमालेकै सरकार भएको भए आधाभन्दा बढी सुकुम्बासीको हातमा जग्गाधनी पूर्जा भइसक्ने उनले बताए।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.