भद्रपुर, दमक र गौरीगञ्जमा निकालियो रथयात्रा

भद्रपुर, दमक र गौरीगञ्जमा निकालियो रथयात्रा

झापा : कोरोना भाइरस महामारीको दुई वर्षपछि झापामा हर्सोउल्लासका साथ भगवान् श्रीकृष्ण रथयात्रा निकालिएको छ। जिल्लाको भद्रपुर, दमक र गौरीगञ्जमा रथयात्रा निकालिएको हो। 

धार्मिक परम्पराअनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ। भद्रपुरमा १९ औँ भगवान् श्रीकृष्ण रथयात्रा भद्रपुर-५  स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट निकालिएको हो। 

श्रीकृष्ण रथयात्रा मूल आयोजक समितिका अध्यक्ष देवु घिमिरे र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले श्रीकृष्ण भगवानको विशेष पूजाअर्चना गरी रिबन काटेर रथयात्राको शुभारम्भ गरेका थिए। 

रथयात्रा आपगाँछी, ज्ञानेचोक, झापाचोक, संगमचोक, सगरमाथा चोक, गार्मेन्ट चोक, लेखनाथ चोक, चैतुमन्दिर, धनुषमोड, चन्द्रगढी बजार हुँदै क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा गएर समापन हुने छ। रथयात्रामा विभिन्न झाँकी, लाखे नाच प्रदर्शन गर्नुका साथै बालबालिकाहरू विभिन्न देवीदेवतामा भेषभुषामा सजिएका छन्। 

त्यस्तै दमक नगरपालिकामा छैटौँ श्रीकृष्ण रथयात्रा धूमधामका साथ निकालिएको छ। दमकको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा गएर समापन गर्ने कार्यक्रम रहेको छ। रथयात्रामा विभिन्न झाँकी प्रदर्शन गरिएको छ। 

उता गौरीगञ्ज गाउँपालिकामा खजुरगाछीको राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको छ। रथ यात्रा खुजरगाछी आयोजक समाजले गौरीगंज बजार परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन हुने समाजका अध्यक्ष मुकेश साहले जानकारी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.