झापामा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता

झापामा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता

झापा : झापामा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। 

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्नका लागि खेलाडी छनोट सुरु गरिएको हो।  

मेची रङ्गशाला भद्रपुरमा झापा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खेलाडी छनोट प्रतियोगिताको उद्घाटन प्रदेश १ का खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले गरेका छन्। 

पहिलो दिन मेची रंगशालामा खोखो र आर्चरी तथा बाहुनडाँगीमा भलिबलका खेलहरू हुने भएका छन् भने जुडो-उसुका प्रदर्शनीहरू भएको समितिका सदस्य दुर्वासा कार्की 'जगण'ले जानकारी दिए।

झन्डै ९ सय खेलाडी सहभागी हुने बताइएको जिल्लास्तरीय यस प्रतियोगिताको पहिलो दिनको खेलबाट खोखोको महिला/पुरुष र महिला भलिबलका खेलाडीहरू छनोट भएको कार्कीले बताए। 

हक्कीका लागि पनि खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ भने प्रतियोगितामा पहिलो पटक समावेश गरिएको आर्चरीका लागि पनि खेलाडी तयार रहेको बताइएको छ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल-टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खो खो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खेल समावेश गरिएको छ। 

आइतबारदेखि जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै विधाका खेलहरू हुने कार्यालय प्रमुख शिवुकुमार नेम्बाङले जानकारी दिए।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कराते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)-को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश अध्यक्ष टिकाराज ढकाल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश विष्ट, प्रदीप ढकाल, भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा 'मनोज', झापा उद्योग संघका उपाध्यक्ष दिपेश ढकाललगायत उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.