'मिटरब्याजी' अनिरुद्ध साह प्रहरी नियन्त्रणमा

'मिटरब्याजी' अनिरुद्ध साह प्रहरी नियन्त्रणमा

महोत्तरी : चर्को ब्याजदरमा ऋण लगानी गरि उठिवास गराएको आरोपमा महोत्तरी प्रहरीले एकजना मिटरब्याजीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा भंगहा नगरपालिका- ५ सिद्धपुर घर भएका अनिरुद्ध साह हुन् ।

प्रहरीका अनुसार साहले चर्को ब्याजदरमा ऋण लगानी गर्दै आएको र ठगि जालसाजी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।

महोत्तरी प्रहरीले मिटरब्याजी साहलाई घरबाटै नियन्त्रणमा लिएको छ । शनिबार राति भंगहा नगरपालिका- ५ सिद्धपुर घर भएका साहलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेको साहमाथि ठगि मुद्धा चलाउने तयारी भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

साह लामो समयदेखि यस्ता कार्यमा संलग्न रहेको प्रहरी उपरीक्षक पंगेनीले बताए ।

महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म व्यक्तिलाई ऋण लगानी गर्ने साहले गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात् १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.