श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

झापा : श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापा गाउँपालिका- ६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले आफ्नै श्रीमती ३५ वर्षीया तालामोही हस्दालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । 

प्रहरीका अनुसार शुक्रबार राती १०:१० मा मादक पदार्थ सेवन गरी आएका हस्दाले श्रीमतीसँग झगडा गर्दै कोखामा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट उनको घटनास्थलमै छटपटिएर मृत्यु भएको थियो । घटनापछि हस्दा फरार भएका थिए । 
उनलाई शनिबार बिहान ८ बजे  कचनकवल गाउँपालिका- १ स्थित नेपाल-भारत सीमा नाका नजिकैबाट पक्राउ गरिएको डीएसपी पाठकले बताए । श्रीमान् श्रीमती मजदुरी गरी परिवार पाल्दै आएका थिए । उनीहरूका छोरा हाल वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.