जंगली हात्तीको आक्रमणमा परी बुबा-छोरा घाइते

जंगली हात्तीको आक्रमणमा परी बुबा-छोरा घाइते

झापा : झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणमा परी बुबाछोरा घाइते भएका छन्। घाइते हुनेहरूमा हल्दिबारी गाउँपालिका-२ निवासी ४९ वर्षीय कारसिंह र उनका ५ वर्षीय छोरा नरेन्द्र राजवंशी घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार हल्दिबारी-२ मा शनिबार बिहान करिब साढे ४ बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा बुबा छोरासँग हात्तीको जम्काभेट भएको थियो । सोही क्रममा हात्तीले खेदेर उनीहरूमाथि आक्रमण गरेको हो । 

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल दुवै जनाको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ । गए राति नै चारकोशे जलथल जंगलबाट निस्किएको चार वटा हात्तीले एउटा पसलमा समेत क्षति पुर्याएको स्थानीय बताउँछन् । पछिल्लो समयमा जलथल जंगल आसपासका स्थानीयवासी हात्तीको उच्च जोखिममा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.