मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाउने एक युवक पक्राउ

मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाउने एक युवक पक्राउ

झापा : सामाजिक सञ्जाल फेसबुकमा मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाएको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बिर्तामोड नगरपालिका-४ निवासी २२ वर्षीय राजु बिमलीलाई नियन्त्रणमा लिएको डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए। 

बिमलीलाई आइतबार दिउँसो उनकै घरबाटै नियन्त्रणमा लिएको हो। बिमलीले शनिबार राति बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको तस्बिर राखेर मेयर र उपमेयर हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोष्ट गरेका थिए। 

दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिएको डीएसपी कुँवरले बताए। 

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.