नेपाल–भारत साँस्कृतिक विनिमय

नेपाल–भारत साँस्कृतिक विनिमय

संखुवासभा : संखुवासभाको खाँदबारीमा भारतको आसाम र नेपालबीच साहित्य चर्चा तथा साँस्कृतिक विनिमय भएको छ। मकालु साहित्य समाज संखुवासभाको आयोजना तथा आसामको कार्विकुर्फो आमाईका सदस्यहरूको उपस्थितिमा साँस्कृतिक विनिमय कार्यक्रम गरिएको समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए। 

आसामका कार्वि सुमुदायका कार्वि कुर्फो आमाईका ४३ जना साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीले कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रममा दुवै देशका स्थानीय उत्पादन आदनप्रदान गरिएको थियो। 

संखुवासभामा उत्पादित अल्लोबाट तयार पारिएको विभिन्न सामग्री, करुवा, राडीपाखी, माटोको भाडा, खुकुरीलगायतका सामग्री कार्वि समुदायहरूलाई हस्तान्तरण गरिएको थियो। कार्वि समुदायले पनि स्थानीय उत्पादन, साँस्कृतिक कपडालगायतका सामग्री हस्तान्तरण गरेका हुन्। संखुवासभाका कुलुङ, नेवार, तामाङ, कुमाल, याख्या, गुरुङलगायतका जातिले आफ्नो संस्कृति झल्कने कपडा प्रदान गरेका थिए।  कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुर्‍याउने मकालु साहित्य समाजका अध्यक्ष बुढाथोकीले बताए। कार्यक्रममा नेपाली र आसामको साहित्यका बारेमा समेत चर्चा गरिएको थियो। कार्यक्रमा कार्वि समुदाय र नेपालीहरूले आ–आफ्नो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। 

कार्वि कुर्फो आमाईका महासचिव बलेश्वर हान्सेले नेपालीलाई आसाम भ्रमणको निम्तोसमेत दिएका थिए। कार्यक्रमले नेपाल–भारत सम्बन्ध विस्तारमा टेवा पुर्‍याएको महासचिव हान्सेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.