गाउँपालिकाले अरुण तेस्रोको निर्माणस्थल जाने बाटो बन्द गरायो

गाउँपालिकाले अरुण तेस्रोको निर्माणस्थल जाने बाटो बन्द गरायो

सङ्खुवासभा : जिल्लाको मकालु गाउँपालिकाले अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणस्थल जाने बाटो बन्द गराएको छ। 

मकालु र चिचिला गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाटको आयोजनाको स्थलजाने बाटोअन्तर्गत पालिकाले आफ्नो क्षेत्रमा पर्ने खण्ड बन्द गरेको हो। 

सडक मर्मतमा ध्यान नदिएको भन्दै आज (मंगलबार) बाट गाउँपालिकाले देउरालीदेखि आयोजना निर्माणस्थलसम्म हेभीसवारी साधनहरू सञ्चालनमा रोक लगाएको हो। 

परियोजना विकास सम्झौता (पीडीए) अनुसार सडक सञ्चालनमा ध्यान नदिएको भन्दै हेभी सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको गाउँपलिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले बताए। 

सडक सम्झौताको बुँदा १०.११.२ अनुसार आयोजनाले ममर्त कार्य नगरेकाले सवारीसाधन सञ्चानमा रोक लगाएको हो। 

कच्ची सडकमा हेभी सवारी साधन सञ्चालन गर्दा सडकको अवस्था अति जीर्ण भई साना सवारी साधन सञ्चालनमा समेत असज भएको अध्यक्ष शेर्पाले जानकारी दिए। 

निर्माणधीन आयोजनाले क्षमताभन्दा बढी सामान ढुवानी गरेका कारण सडक जीर्ण भएकाले आवतजातमा समेत कठिन भएपछि गाउँपालिकाले नै हेभी सवारी साधन सञ्चालनमा रोक लगाएको हो। 

पटक-पटक सडक मर्मतका लागि अनुरोध गरिएको भएपनि वेवस्ता गरिकाले बाध्य भएर हेभी सवारीसाधनहरू सञ्चालनमा रोग लगाउन परेको पालिका अध्यक्ष शेर्पाको भनाइ छ। 

अरुण तेस्रो आयोजना र सडक विभागले सडक मर्मतमा नगरेसम्म ठुला यातायात सञ्चालनमा रोक लगाउने उनी बताउँछन्। 

सडक जीर्ण हुँदा अत्यावश्यक सवारीसाधनसमेत नचल्ने अवस्था सिर्जना भएपछि बन्द गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए। 

बर्खा लागेसँगै सडक जीर्ण हुँदा एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधनहरू आवतजावत ठप्प हुने अवस्था भएपछि सडक मर्मतका लागि दवाव दिन ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउनु परेको उनको भनाइ छ। 

किमाथांका-जोगवनी सडकअन्तर्गत खाँदबारी-मकालुमा पर्ने सडक वर्षा र ठुला सवारीसाधन सञ्चालनका कारण जीर्ण बनेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.