गाउँपालिकाले बन्द गर्‍यो सडक

गाउँपालिकाले बन्द गर्‍यो सडक

संखुवासभा : मकालु र चिचिला गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना स्थल जाने सडक मकालु गाउँपालिका खण्डको सडक मकालु गाउँपालिकाले बन्द गरेको छ। सडक मर्मत नगरेको भन्दै मंगलबारबाट देउरालीदेखि निर्माणस्थलसम्म हेभी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। 

परियोजना विकास सम्झौता (पीडीए) अनुसार सडक सञ्चालनमा ध्यान नदिएको भन्दै हेभी सवारीसाधन सञ्चालनमा रोक लगाएको मकालु गाउँपलिका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले बताए। पीडीएमा भएको सडक सम्झौताअनुसार आयोजनाले ममर्त नगरेपछि सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

कच्ची सडकमा हेभी सवारीसाधन सञ्चालन गर्दा सडकको अवस्था अति जीर्ण भई साना सवारीसाधन सञ्चालनमा समेत असहज भएको अध्यक्ष शेर्पाले जानकारी दिए। निर्माणाधीन अरुण तेस्रो आयोजनाले क्षमताभन्दा बढी सामान ढुवानी गरेका कारण सडक जीर्ण बनेको छ। पटक–पटक सडक मर्मतका लागि अनुरोध गरिएको भए पनि आयोजनाले अटेर गरेको अध्यक्ष शेर्पाको भनाइ छ। 

अरुण तेस्रो आयोजना र सडक विभागले सडक मर्मत नगरेसम्म सडक नखुलाउने उनले बताए। किमाथांका–जोगवनी सडकअन्तर्गत खाँदबारी–मकालुखण्डमा वर्षा र ठूला सवारीसाधन सञ्चालनका कारण सडक जीर्ण बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.