ठेकेदारको लापरवाहीले प्रहरी भवन अलपत्र

ठेकेदारको लापरवाहीले प्रहरी भवन अलपत्र

झापा : झापाको गौरादहस्थित प्रहरी चौकी कोहबराको कार्यालय भवन नहुँदा त्यहाँ खटाइएका प्रहरी कर्मचारीलाई अन्यत्र बास बस्नु पर्ने बाध्यता छ। पुरानो कार्यालय भवन जीर्ण बनेपछि विगत ५ वर्षदेखि प्रहरी चौकी कोहबरामा कार्यरत प्रहरी कर्मचारी गौरादह नगरपालिका–६ स्थित स्वास्थ्य चौकीको भवनमा बस्दै आएका छन्। 

प्रहरी कर्मचारीको बसोबासका लागि नगरपालिकाले सहजीकरण गरी स्वास्थ्य चौकीको माथिल्लो तल्ला दिएको हो।

स्वास्थ्य चौकीदेखि कोहबरास्थित डामुना बजारको दूरी ४ किलोमिटर पर्छ। प्रहरी कर्मचारी त्यहीँबाटै धाएर बजारको शान्ति सुरक्षामा खटिनुपर्ने बाध्यता छ। प्रहरी चौकी कोहबराको नयाँ भवन निर्माणका लागि २७ महिनाअघि ठेक्का लागेको थियो। जुन डामुना बजारमै बन्दैछ। 

विगत ६ महिनादेखि निर्माण कम्पनी सम्पर्कविहीन हुँदा अहिले निर्माणाधीन भवन अलपत्र अवस्थामा छ। प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट सो भवन बन्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डीएसपी वसन्त पाठकले जानकारी दिए। सो भवनको ठेक्का गोदार निसे फिदिमले २०७६ साल जेठ १२ गते लिएको हो। 

१ करोड २६ लाख २ हजार ८ सय ९२ रुपैयाँ ७२ पैसामा ठेक्का लिएको गोदार निसेले २०७७ जेठ १९ गते भवन निर्माण सक्नुपर्ने भनी सम्झौता गरेको छ। भवनको झ्याल, ढोका, टायल्सको काम, रंगरोगन र फिनिसिङको काम अझै बाँकी छ।

प्रहरी चौकी कोहबराका प्रहरी सहायक निरीक्षक काजीबाबु कार्कीका अनुसार विगत ६ महिनादेखि निर्माण व्यवसायी सम्पर्कमा नआएको र अहिले भवन अलपत्र अवस्थामा रहेको जानकारी दिए।

त्यस्तै झापा गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय कुमरखोदको निर्माणाधीन कार्यालय भवन पनि विगत लामो समयदेखि अलपत्र अवस्थामा छ। सो भवनको ठेक्का टक्सार निर्माण सेवा प्रालि काठमाडौंले लिएको थियो । 

२०७६ जेठ १६ गते सम्झौता गरेको टक्सार निर्माणले सो भवन २०७८ चैत मसान्तमा सक्नुपर्ने थियो। तर, अहिलेसम्म काम सकेको छैन। 

झ्याल, ढोका, रंगरोगन लगायतका काम अझै बाँकी छन्। निर्माण कम्पनीले १२ महिनामा बनाइ सक्नुपर्ने भवन २७ महिना सकिन लाग्दा समेत अधुरै छाडिदिएको छ।

यता पुरानो त्यसमाथि जीर्ण कार्यालय भवनमा बस्दा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई ज्यानकै जोखिम रहेको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक रत्नबहादुर श्रेष्ठले जानकारी दिए। २००१ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालयको जीर्ण भवनको छतबाट पानी चुहिने, र सिमेन्टका ढिक्का खस्न थालेको छ। प्रहरी कर्मचारी भन्छन्, ‘भवनभित्र सुत्दा कति खेर प्लास्टर खस्ने हो भन्ने डर मान्दै सुत्नुपर्छ।’

त्यसैगरी मेचीनगर नगरपालिका– ६ स्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र कनकाई नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय घैलाडुब्बाको निर्माणाधीन कार्यालय भवन पनि अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन।

इलाका प्रहरी कार्यालय कांकडभिट्टाको भवनको ठेक्का याक्थुहाङ÷ए.एस÷पुष्कर जेभीले २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँ ६८ पैसामा लिएको हो। २०७६ साल वैशाख २० गते सम्झौता गरेको सो कम्पनीले २०७७ जेठ १ गतेसम्म भवनको निर्माण सम्पन्न गर्नुपर्ने हो।  निर्माण सुरु गरेको सो कम्पनीलाई पटक–पटक ताकेता गर्दा बल्ल २६ महिनापछि काम सम्पन्न गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.