बाबुराम भट्टराई पनि गोरखा २ बाटै चुनाव लड्ने

बाबुराम भट्टराई पनि गोरखा २ बाटै चुनाव लड्ने

गोरखा : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको गोरखा क्षेत्र नं. २ बाटै चुनाव लड्ने भएका छन्। 

नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गरे।

यसअघि पनि उनले सोही क्षेत्रमा श्रेष्ठलाई पराजित गरेका थिए। 

गृहजिल्ला गोरखाका पत्रकारहरूसँग शनिबार कुराकानी गर्दै उनले यसअघि जितेको ठाउँबाट चुनाव लड्ने मापदण्डअनुसार सो क्षेत्रबाट आफू स्वतः उम्मेद्वार हुने दाबी गरे। 

'यस अघिको निर्वाचनमा जसले जहाँबाट चुनाव जितेको हो उसले त्यही लिने भन्ने अन्तरिक समझदारी बनेको छ। त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु', उनले भने, 'यसपटक सबै दलको साझा उम्मेदवारको रूपमा अघि बढ्न चाहेको छु। गठबन्धनका कांग्रेस, माओवादीलगायत दलको त सहयोग हुनेछ। त्यो बाहेकका सबै दलहरुले पनि यसपटक मलाई गोरखाको प्रतिनिधित्व गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा छ।' 

पहिलो जसले जुन क्षेत्र जितेको छ त्यो लिने र एमालेले जितेको ठाउँ बाँडफाँट गर्ने सहमति भएकाले सोही अनुसार सिट बाँडफाँट हुने उनले बताए। 

यसअघि सो क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको नाम पनि सिफारिस भइसकेको छ। 

तर भट्टराईले भने आफूलाई कुनै दल विशेषको नेता वा उम्मेदवारभन्दा पनि सर्वमान्य उम्मेद्वार बन्न चाहेको खुलाएका छन्। 'अन्तिम टुङ्गो पार्टीको केन्द्रीय समितिले लगाउँछ, गठबन्धनले लगाउँछ', उनले भने, 'गोरखा २ मा गठबन्धनबाट म नै उम्मेद्वार भन्नेमा ढुक्क छु।' 

गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो हुनुलाई उनले सहजका साथ लिएको जनाएका छन्। 'खाजा बाँडफाँट गर्दा त समय लिन्छ, यो त राजनीतिक शक्ति, सत्ताको बाँडफाँट हो। समय लागिहाल्छ', उनी भन्छन्, 'दुई, चारसिट तलमाथि होला, केही दिन ढिला होला अन्तत मिल्छ।' 

यो निर्वाचनमा सुशासन र समृद्धिको ठोस मार्गचित्र बनाएर आफू अघि बढ्ने डाक्टर भट्टराईले बताए। यसअघि प्रधानमन्त्री हुँदा छोटो अवधिमा धेरै काम गर्न नसकेको बताउँदै उनले विगतमा थालेका काम पूरा गर्ने योजना रहेको बताए।

उनले चुनावपछि माओवादीसित पार्टी एकताका विषयमा पनि छलफल भइरहेको बताए। 'नयाँ समाजवादी धार निर्माण गर्ने योजनाअनुसार एकै ठाउँमा उभिएर जाने हो', उनले भने। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.