चक्रे मिलन गोरखा २ बाटै उम्मेदवार सिफारिस

चक्रे मिलन गोरखा २ बाटै उम्मेदवार सिफारिस

गोरखा : चक्रे मिलनका नामले कुख्यात मिलन गुरुङ गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेद्वारका लागि सिफारिस भएका छन् । 

नेकपा एमालेको क्षेत्रीय समिति गोरखाले आइतबार उनको नाम सिफारिस गरेको हो । गुरुङसँगै एमालेले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस गरेको छ ।
सोही क्षेत्रबाट नेपाल समाजवादी पार्टीले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको नाम सिफारिस गरेको छ ।

विवादित छवि भएका चक्रे मिलन काठमाडौं (विशेष गरी ठमेल क्षेत्र)मा गुण्डागर्दी गरेर अकूत धनार्जन गरेको आरोप छ । एमालेको क्षेत्रीय समितिले गोरखा क्षेत्र नम्बर १ बाट गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेत, आरसी लामिछानेको नाम सिफारिस गरेको एमालेका जिल्ला सचिव काजीराम रोकाले बताए । 

समानुपातीक तर्फ क्षेत्र नम्बर १ बाट बिमला चेपाङ र कृष्ण नेपालीको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ पार्टीका जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम सिफारिस गरेको छ । 
क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र क बाट प्रत्यक्षतर्फ गोपाल पाण्डे, सुरेन्द्रबहादुर थापा, नानुमाया थापा, कपिल पोखरेल, बिशाल थापा, काजिराम श्रेष्ठ र देवेन्द्र श्रेष्ठको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ हरिचन्द्र श्रेष्ठ, पम्फा खत्री, रसिया मियाँ, काजिराम रोका र नवराज अधिकारीको नाम सिफारिस भएको छ । 

त्यस्तै क्षेत्र नम्बर १ को ख बाट प्रत्यक्षतर्फ मोहन भट्टराई, आरसी लामिछाने, कृष्ण काप्री, तीर्थ नेपाली, प्रमिला खड्काको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सिफारिस हुनेमा सुरेशबाबु श्रेष्ठ, मीना बराम, टीकानारायण श्रेष्ठ, सन्तबहादुर गुरुङ, जीतबहादुर कुमाल, भीम सुनार, सन्तबहादुर नेपाली रहेका छन् । 

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र क बाट प्रत्यक्षतर्फ राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भिरा बयलकोटीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ बसन्त गुरुङ, शान्ति चापागाई, बुद्धिबहादुर घले, बलराम थापा, टिकाराम नेपाली, बिनोदराज पन्त, महेन्द्र तिमिल्सिनालाई सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष देवीबहादुर बस्नेतले जानकारी दिए । 

क्षेत्र नम्बर २ प्रदेशसभा ख मा प्रत्यक्षतर्फ कमल दानी, वसन्त गुरुङ र समानुपातिकतर्फ जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम सिफारिस भएको एमालेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.