करेन्ट लागेर घाइते भएका महतोलाई आर्थिक सहयोग प्राप्त
महोत्तरी : करेन्ट लागेर घाइते भएका बर्दिवास नगरपालिका-१२ विजलपुराका ३० वर्षीय छोटु महतोलाई आर्थिक सहयोग प्राप्त भएको छ।
गौशाला नगरपालिका प्रमुख डा. दिपेन्द्र महतोले घाइते भएका महतोलाई व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
आर्थिक अभावमा गत १४ महिनादेखि घरमै अलपत्र रहेका महतोलाई सो रकम प्रदान गरिएको हो। उनलाई थप उपचार गराउनका लागि सो रकम प्रदान गरिएको नगरप्रमुख डा. महतोले बताए।
२०७८ साल असार २२ गते जिल्लाको मनरासिसवा नगरपालिका-४ जाउख चोकस्थित जलेश्वरबाट बर्दिबासतर्फ आउँदै गरेको टिफरमा करेन्ट प्रवाह भई महतो गम्भीर घाइते भएका थिए।
उनले चलाउँदै आएको प्रदेश २-०२-००१ ख ००२० नम्बरको टिपरमा अचानक ११ हजार भोल्टेजको तार टाँसिएको थियो।
प्रतिक्रिया दिनुहोस !