गगन थापा सप्तरीबाट पनि सिफारिस

गगन थापा सप्तरीबाट पनि सिफारिस

राजविराज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सप्तरी-१ बाट उम्मेदवारका लागि सिफारिस भएका छन्।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि क्षेत्रीय समितिको बैठकले थापाको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सचिव दुर्गा भट्टराईले जानकारी दिए।

थापाको नाम कास्की-१ बाट पनि सिफारिस भएको थियो। तर, थापाले आफू काठमाडौं-४ बाटै चुनाव लड्ने स्पष्ट पारिसकेका छन्। 

गत शनिबार मात्र क्षेत्रीय समिति काठमाडौं-४ को बैठकले थापालाई काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको थियो।

महामन्त्री थापा पछि दोस्रोमा सप्तरी जिल्ला सभापति रामदेब साह र र तेस्रोमा जिल्ला सभापतिमा समेत साहका प्रत्यासी रहेका शत्रुघ्न प्रसाद यादबको नाम सिफारिस गरिएको छ।

कांग्रेसले प्रदेश सभा सदस्यका लागि सप्तरी-१ 'ख' बाट बद्रीनारायण महात्मानको एकल नाम सिफारिस गरेको छ। 

सप्तरी-१ 'क' बाट पूर्व मन्त्री हेमराज तातेड, मधेस प्रदेश कार्यसमितिका सह-महामन्त्री पर्शुराम चौधरी, महासमिति सदस्य हेमनारायण चौधरीसहित आठ जनाको नाम सिफरिश गरेको छ। 

प्रदेश १ 'क' बाट महाधिवेशन प्रतिनिधि उमेश बस्नेत, क्षेत्रीय सचिव भट्टराई, दिपक कुमार गुप्ता, अशोक कुमार चौधरी र रमेश खतिवडाको नामसमेत सिफारिस गरेर पठाइएको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य २०७४ को निर्वाचनमा जसपाका डा. सूर्यनारायण यादव निर्वाचित भएका थिए। प्रदेश १ 'क' मा नेकपा (एमाले)का सत्यनारायण मण्डल र प्रदेश २ 'ख' मा राजपाका नवलकिशोर साह निर्वाचित भएका थिए। 

डा. यादव र साह हाल जसपामा आबद्ध छन्। साह मधेस प्रदेशका समाजिक विकास मन्त्री हुन्। मण्डल एमाले मधेस प्रदेश सभाको संसदीय दलका नेता हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.