मेयरमा पराजित नेता प्रदेश समानुपातिकमा एकल सिफारिस
महोत्तरी : नेपाली कांग्रेस महोत्तरीको सबै क्षेत्रबाट उम्मेदवार सिफारिसको काम सकिएको छ। प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फका उम्मेदवारहरुको नाम जिल्ला कमिटीमा पठाइएको हो।
महोत्तरीमा कमजोर देखिएको नेपाली कांग्रेसले गत वैशाख ३० को स्थानीय निर्वाचनमा पराजित नेतालाई प्रदेशमा एकल सिफारिस गरेको छ।
नेपाली कांग्रेसले बलवा नगरपालिकाको मेयरमा पराजित नेतालाई महोत्तरी क्षेत्र नं. २ (क) निर्वाचन क्षेत्रबाट समानुपातिक उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ।
यादव गएको स्थानीय निर्वाचनमा बलवा नगरपालिकाको मेयरमा पराजित भएका थिए। उनी २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित भएका थिए। तर यसपटक कांग्रेस नेत्री तथा केन्द्रीय सदस्य किरण यादवको जोडबलमा टिकट लिँदा हार बेहोर्नु परेको थियो।
प्रतिक्रिया दिनुहोस !