गोरखा दरबार म्याराथन दौडको उपाधि नेपाली सेनाका तामाङलाई

गोरखा दरबार म्याराथन दौडको उपाधि नेपाली सेनाका तामाङलाई

गोरखा : गोरखा राज्य स्थापनाको अवसर पारेर आयोजना गरिएको लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथन दौडको उपाधि नेपाली सेनाका तीर्थबहादुर तामाङले जितेका छन्।

शनिबार आयोजित ४२ किलोमिटर दूरीको दौड तीन घण्टा ११ मिनेट १ सेकेण्डमा पार गर्दै भवानी दल गणका जमदार तामाङले उपाधि जित्न सफल भएका हुन्। 

९३ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजयी बनेका उनले नगद एक लाख ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र पाएका छन्। 

निर्धारित दूरी तीन घण्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै भारतीय सेनामा कार्यरत अनिश थापा मगर दोस्रो भए। उनले नगद एक लाख पुरस्कार पाएका छन्। 

त्यस्तै नेपाली सेनाका बरख गणका मोहनदेव जोशीले तीन घण्टा १५ मिनेट १५ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै तेस्रो भए। उनले नगद ७५ हजार पाएका छन्। 

चौथो र पाँचौ भएका चण्डिप्रसाद गणका देबराज महतरा र भीमकाली गणका गोबिन्द कार्कीलाई क्रमशः ५० र ३५ हजार पुरस्कार प्रदान गरियो। 

१० जनाभित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक-५ गोरखाका अशोक बराम, भूतपूर्व सैनिक रैवतबहादुर दाहाल र महावीर सौर्य गणका बिमल खड्कालाई क्रमशः ३०, २५, २०, १५, १० हजार रुपैयाँ प्रदान गरिएको छ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र गोरखास्थित रिपुमर्दन गणको आयोजनामा लिगलिगकोट-सिरानचोक-गोरखा दरबार म्याराथन दौड २०७९ आयोजना भएको हो। 

इतिहासको संरक्षण र सो रुटलाई एकीकृत ट्रेलका रूपमा विकास गर्न नेपाली सेनाको सक्रियतामा २०७६ सालदेखि म्याराथन सुरु भएको हो। कोरोनाका कारण दुई वर्ष रोकिएको दौड अहिले पुनः सञ्चालन भएको रिपुमर्दन गण गोरखाका गणपति हेम बिष्टले बताए। 

१६१५ को विजया दशमीका दिन दौड जितेर लिगलिगकोटको राजा बनेका द्रव्य शाह १६१६ भदौ २५ गते गोरखा राज्यको राजा बनेका थिए। 

लिगलिगकोटदेखि गोरखासम्म आउँदा उनले प्रयोग गरेको बाटो पछ्याउँदै अहिले म्याराथन आयोजना गरिएको नेपाली सेनाले जनाएको छ। 

यस ऐतिहासिक पदमार्गलाई पर्यटकीय पदमार्गका रूपमा विकास गर्न म्याराथन निरन्तर गर्नुपर्नेमा स्थानीय तहका प्रमुखहरुले जोड दिएका छन्। 

कमाण्ड हेडक्वाटरका कमाण्डर उपरथी बाबुराम श्रेष्ठले गढी, किल्ला, दरवार र एकीकरणको दौरानमा प्रयोग भएका पदमार्गहरू पहिचान गरी संरक्षण संवर्द्धनमा विकास गर्ने योजना अनुसार सेनाको अगुवाइमा प्रतियोगिता भएको बताए। 

'नेपालको उत्पत्तिदेखि जगसम्म' भन्ने अवधारणाअनुसार सञ्चालन भएको दोस्रो लिगलिगकोट सिरानचोक गोरखा दरवार म्याराथन दौड प्रतियोगिताले इतिहासको संरक्षण गर्दै वर्तमानलाई विकास गर्दै लैजाने अपेक्षा गरिएको बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.