सङ्खुवासभामा मोतियाबिन्दुको शल्यक्रिया

सङ्खुवासभामा मोतियाबिन्दुको शल्यक्रिया

खाँदबारी : सङ्खुवासभाको तीन स्थानमा भएको आँखा शिविरमा एक १९ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। 

नुम, चैनपुर र खाँदबारीमा भएको शिविरमा सङ्खुवसभामा र भोजपुरका मोतियाबिन्दुका बिरामीहरूको आँखा शल्यक्रिया गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितज बरालले जानकारी दिए। 

मकालु गाउँपालिकाको केन्द्र नुममा भएको शिविरमा ४७ जना, चैनपुर नगरपालिकाको केन्द्र चैनपुरमा ३८ र सदरमुकाम खाँदबारीमा ३४ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको केन्द्रका इन्चार्ज बरालले जानकारी दिए। 

भदौ १९ बाट सुरु भएको निःशुल्क शिविरमा भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्र तथा जलबिन्दु विशेषज्ञ डा. रञ्जित कुमार शाहले आँखाको शल्यक्रिया गरेका हुन्। 

केन्द्रले जिल्लाका भिन्न स्थानमा गएर मोतियाबिन्दुका बिरामीहरूको छनौट गरेको केन्द्रका कर्मचारी अमर विष्टले जानकारी दिए। 

मकालु गाउँपालिकामा मात्र आठ सय ७३ जनाको आँखा जाँचका क्रममा ८३ जनामा मोतियाबिन्दु पहिचान भएको विष्टले बताए। 

८३ जनामा मोतियाबिन्दु पहिचान भएपनि ४७ जना मात्र शल्यक्रियाका लागि आएका थिए। विष्टले भने- 'गाउँगाउँमा गएर मोतियाबिन्दुको पहिचान गरि बिरामीको छनौट गरेपनि अझै सामान्य अवस्थामा नै मोतियाबिन्दुको शल्यक्रिया गराउनुपर्छ भन्ने धारणा विकास भएको छैन।' 

आँखा देख्न छाडेपछि मात्र उपचार गराउन आउने गरेको उनले बताए। डर र शिक्षाको अभावमा तत्काल उपचार गराउन नचाएको उनको भनाइ छ। 

आँखा उमेरका कारणले नदेखिएको भन्ने मानसिकताका कारण पनि आँखा उपचारमा ध्यान नदिएको पाइएको छ। 

साथै भौगोलिक कठिनाइ र आर्थिक अभावका कारण पनि बिरामीहरू समयमा नै अस्पताल पुग्न सकेका छैनन्। शिविर शनिबार सम्पन्न भएको हो।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.