एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो, कति हुन्छ तलब ?

एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो, कति हुन्छ तलब ?

काठमाडौं :  सरकारले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको हो।

मानव श्रोत विकास विभाग, भर्ना छनौट शाखाका अनुसार म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न लागेको हो। 

नेपाली नागरिकले जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त बुझाउन सक्ने जनाइएको छ। म्यादी प्रहरी छनोटमा छनोट गर्दा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।

यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

म्यादी प्रहरीमा भर्ना हुन आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने  मानव श्रोत विकास विभाग, भर्ना छनौट शाखाले जनाएको छ। 

त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, गर्भवति नभएको/नरहेको हुनुपर्नेछ। यसैगरी पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१.३३ इन्च, तौल ५० किलोग्राम र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ किलोग्राम भएको हुनुपर्नेछ।

यस्ता छन् सेवा तथा सुविधा :

  • म्यादी प्रहरीका लागि प्रतिदिन रु. ८६९।- (अक्षरेपी आठ सय उनन्सत्तरी मात्र) को दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक रु. ३४,७६०/- (अक्षरेपी चौतीस हजार सात सय साठी मात्र) प्राप्त हुनेछ।
  •  खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट रु. ७,२००/- (अक्षरेपी सात हजार दुई सय मात्र) हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरू हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन्। 
  • तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति रु.६,०००।- (अक्षरेपी छ हजार मात्र) एकमुष्ट उपलब्ध हुनेछ भने हिमात जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप रु.१,०००/- (अक्षरेपी एक हजार मात्र उपलब्ध हुनेछ। 
  • निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट रु.१,०००।- (अक्षरे एक हजार मात्र) का दरले तयारी खर्च उपलब्ध हुनेछ भने रु.३००/- (अक्षरेपी तीन सय मात्र) को दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ। 
  • अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
     

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.