पर्यटकको बाटो फेरियो, व्यवसायी मर्कामा

पर्यटकको बाटो फेरियो, व्यवसायी मर्कामा

गोरखा : विश्वको सातौं अग्लो हिमाल मनास्लु आरोहण गर्न सामागाउँका होटल र मनास्लु आधारशिविर भरिभराउ भइरहेका छन्। तर, बाटोमा होटल व्यवसाय सञ्चालन गरी बसेका व्यवसायी हेलिकप्टर उडेको हेरेर बस्न बाध्य छन्।

आरुघाट, सोती, जगत हुँदै मनास्लु भनेर अनुमति लिएका अधिकांश पर्यटक र उनीहरूका सहयोगी हवाई मार्ग हुँदै मनास्लु जाने गरेका मनास्लु क्षेत्र होटल व्यवसाय उपसमितिका अध्यक्ष गणेश कार्कीको भनाइ छ। उनका अनुसार केही आरोही मनाङको बाटो भएर जाने गरेका छन्।

‘कोभिडले दुई वर्ष होटल बन्द गरेर बसेका थियौं। यस वर्ष त पक्कै आरोही र पर्यटक आउलान् भनेर होटललाई तयारी अवस्थामा राखियो। तर, पर्यटक आकाशबाट ओहोरदोहोर गरिरहेका छन्। हामी आकाशतिर हेरेर बसेका छौं’, कार्की भन्छन्, ‘अहिले आरोही ओसार्न दैनिक १५ भन्दा धेरै हेलिकोप्टरले उडान भर्ने गरेका छन्। आर्खेतसम्म गाडीमा आउने रहेछन्। त्यहाँबाट हेलिकोप्टरले खेप गर्ने रहेछ। दैनिक १५ भन्दा धेरै हेलिकोप्टरले पर्यटक ओसार्छ। हामी आकासतिर हेरेर बसिरहेका छौं।’ एकाथरी मार्गको अनुमति लिएर अर्को माध्यमबाट आवतजावत गर्दा व्यवसाय धराशायी भएको उनको गुनासो छ। हेलिकोप्टरबाट पर्यटक ओहोरदोहोर गर्दा होटल, लज, टि हाउस सञ्चालक, भरिया तथा खच्चड व्यवसायीको व्यवसाय धराशायी भएको छ। 

‘मनास्लु क्षेत्रका होटल सुनसान छन्। न भरियाले काम पाएका छन् न त खच्चड व्यवसायीले’, मनास्लु पदमार्गमा व्यवसाय गर्ने अर्का होटल व्यवसायी छिरिङ धार्के लामा भन्छन्, ‘व्यवसाय गरौंला भनेर कोभिडका बेला पनि कर तिरेर बसेका व्यवसायी पर्यटक हेलिकोप्टरबाट ओहोरदोहोर गरेपछि समस्यामा परेका छन्।’ 

यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको गत बुधबारसम्मको तथ्यांकअनुसार २९ टोलीका ३ सय ३७ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन्।

विभागबाट ३६ टोलीका ३ सय ६४ आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३ सय ३७ आरोही रहेको विभागले जनाएको छ। यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट ४ करोड ३३ लाख १२ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ। त्यसमध्य मनास्लुका आरोहीबाट मात्र तीन करोड ८६ लाख १५ हजार रुपैयाँ  राजस्व संकलन भएको छ।

गोरखाको चुमनुब्री १, सामागाउँमा रहेको ८ हजार १ सय ६३ मिटर उचाईको मनास्लुमा केही बर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको हो। मनास्लु आधारशिविरनजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचाखच भरिएको स्थानीय होटल व्यवसायी मिङ्मार लामाको भनाइ छ। कोभिडका कारण लामो समयसम्म धरासायी भएको व्यवसाय तंग्रिन थालेपछि व्यवसायी खुसी भएको उनी बताउँछन्। 

अन्य हिमालको तुलनामा मनास्लु आरोहण गर्न कठिन रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का प्रमुख सत्यनारायण झाको भनाइ छ। ‘मनास्लु अरु हिमालजस्तो क्राउड छैन। साहसिक आरोहण गर्न चाहनेको रोजाइमा मनास्लु पर्ने गर्छ’, झा भन्छन्, ‘त्यसैले केही वर्षयता तुलनात्मक रूपमा मनास्लु आरोहण गर्न आउनेको संख्या बढेकै छ।’ बहराइन र कतारका राजकुमार, राजकुमारीहरूले आरोहण गरेका कारण पनि मनास्लुको राम्रो प्रचार भएको उनको भनाइ छ। ‘केही बर्षयता मनास्लुको राम्रो प्रचार–प्रसार भइरहेको छ’, उनी भन्छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.