दिगो पूर्वाधार लगानी फोरम हुँदै

दिगो पूर्वाधार लगानी फोरम हुँदै

काठमाडौं : लगानी बोर्ड नेपालले आउँदो बिहीबार दिगो पूर्वाधार लगानी फोरमको आयोजना गर्ने भएको छ। फोरमले नेपालमा लगानी प्रवद्र्धन गर्न बजारीकरण गर्ने जानकारी दिएको छ। यस फोरमबाट केही आयोजनाहरूको मार्केटिङ गरिने र त्यसलाई आगामी लगानी सम्मेलनमा प्रस्तुत गरिने बताइएको छ। 

दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने यस फोरमको उद्देश्य रहेको जनाइएको छ। नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिको जारी प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ। उक्त कार्यक्रममा लगानीकर्ता/निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ/विशेषज्ञ, सञ्चार क्षेत्रलगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरू गरी पाँच सयभन्दा बढीको सहभागिता रहनेछ। एकदिने यस कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरूबीचमा सैद्धान्तिक बहस हुनेछ।

उद्घाटन सत्रसहित परियोजना बैंक, नेटवर्किङ एवं स्टलसम्बन्धी जानकारी उक्त कार्यक्रममा गराइनेछ। एसिलिरेटिङ क्लाइमेट फाइनान्स इन् नेपाल, इन्भेस्ट इन् नेपाल्स इनर्जी ट्रान्जिसन तथा बिजनेस इन्भाइरोमेन्ट फर डेभलपमेन्ट सस्टेनएबल इन्फ्रास्ट्रक्चर इन् नेपालजस्ता सत्रहरू सञ्चालन हुनेछन्। बोर्डले मनाइरहेको दसौं वार्षिकोत्सवको बिसर्जनको रुपमा यो फोरम आयोजना गर्न लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए। भोलिका दिनमा हुने लगानी सम्मेलन वा अन्य लगानीसम्बन्धी प्रदर्शनी, वा लगानीको आशयपत्रमा समावेश गर्ने गरी पूर्व तयारीअन्तर्गत यो फोरमलाई लिइएको भट्टले बताए। यो फोरम लगानी प्रवद्र्धनका लागि पहलकदमी हुने अपेक्षा प्रमुख कार्यकारीको छ।  

शून्य कार्बन उत्सर्जनमा नेपालले लिएको प्रतिबद्धतालाई कार्यान्वयन गर्न हरित लगानी फोरम आयोजना गर्न लागिएको बोर्ड प्रवक्ता अमृत लम्सालले जानकारी दिए। दिगो आर्थिक पूर्वाधार विकास गर्न यो फोरमले सहयोग गर्ने उनले बताए। कार्यक्रममा सहप्रवक्ता रमेश अधिकारीले बोर्ड सापेक्षिक सुधारको क्रममा रहेको जानकारी दिँदै रणनीतिक र वैज्ञानिक अवधारणको परिपालना गर्दै लगानी प्रवद्र्धन गर्न लक्षित रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.