पर्यटकको रोजाइमा धरानको चिण्डे डाँडाको भ्यु टावर
धरान :धरान उपमहानगरपालिका- २० स्थित चिण्डेडाँडामा भ्यु टावर बनेपछि आन्तरिक तथा बाह्यय पर्यटकहरुको आगमन हुन थालेको छ ।
चिण्डेडाँडा - ५ तले भ्युटावरको निर्माण सम्पन्न भएसँगै पर्यटकहरुको चहलपहल सुरु भएको हो।
प्रदेश १ सरकारको ५४ लाख रुपैयाँ बजेटमा भ्यु टावरको निर्माण सम्पन्न भएको चिण्डेडाँडा भ्यु टावर निर्माण समितिका अध्यक्ष सम्फर तामङले बताए।
उनले भ्यु टावर बनेपछि रमणीय दृश्य अवलोकन गर्न आन्तरिक तथा बाह्यय पर्यटक आउने गरेको बताए। भ्यु टावरबाट धरान , तरहरा , इटहरी बजार र सप्तकोसीको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।
झट्ट हेर्दा इलामको श्रीअन्तुजस्तो देखिने यो ठाउँ आविक बिष्णु पादुका गाविसमा पर्छ । बिष्णुपादुका गाविस धरान उपमहानगरपालिकामा गभिएर वडा नम्बर २० भएको छ । धरानको जानकी चोकदेखि ४ किलो मिटरको दुरीमा रहेको चिण्डेडाँडाको मौसम बार्है महिना चिसो हुने गरेको छ ।
भ्यु टावरमा आउने पर्यटकहरुको लागि भुँइतलामा रेष्टुरेन्ट सञ्चालनमा छ।
भ्यु टावर बनेपछि आन्तरिक तथा भारतीय पर्यटकहरु आउन थालेको रेस्टुरेन्ट सञ्चालक राजकुमार तामाङ्ले बताए । धरानदेखि भ्युटावरसम्मको सडक कालोपत्रे भए पर्यटकलाई आउजाउमा सहज हुने उनको भनाइ छ।
भ्युटावरको संरक्षक समेत रहेका धरानका उपमेयर अइन्द्रविक्रम बेघाले धरानदेखि सुलिकोटसम्मको मोटरबाटो कालोपत्रे गरी यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए।
प्रतिक्रिया दिनुहोस !