धनकुटामा रोड रेस प्रतियोगिता

धनकुटामा रोड रेस प्रतियोगिता

धनकुटा : विश्व मुटु दिवसको अवसर पारेर आगामी असोज १३ गते धनकुटा रोड रेस दौड प्रतियोगिता हुने भएको छ। 

नेपाल पत्रकार महासंघको सभाहलमा सोमबार पत्रकार सम्मेलन गर्दै पूर्वप्रहरी संस्थाले प्रतियोगिताबारे जानकारी गराएको हो। 

प्रतियोगितामा खुल्लातर्फ १५ किलोमिटर दूरीको हुनेछ भने महिलातर्फ ८ किलोमिटरको हुने संस्थाका अध्यक्ष योगेन्द्र कार्कीले बताए। 

यसमा करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त दौड प्रतियोगितामा १५ वर्षमाथि उमेरका जोसुकै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन्। 

प्रतियोगितामा देशभरका एक सय जना धावकहरू सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले भदौ २८ गतेदेखि असोज १२ गतेसम्ममा ५ सय रुपैयाँ शुल्क तिरेर नाम टिपाउन सक्नेछन्। 

प्रतियोगितामा खुल्लातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई जनही ३० हजार, २० हजार र १० हजार र चौथो र पाँचौलाई सान्त्वना पुरस्कार दिइने आयोजकले जनाएको छ। 

यस्तै महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः जनही १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ। यस्तै ४० वर्षमाथिको एक जनालाई प्रथम पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। 

खुल्लातर्फ धनकुटा नगरपालिका-९ कोशीराजमार्गस्थित रुद्रवारीबाट सुरु भई गुठिटार, पेट्रोल पम्प, पात्लेखोला, ढाट, जिरोप्वाइन्ट, बसपार्क, मदनचोक, पुरानो प्रहरी कार्यालय, भीमसेन थान, भीमनारायणचोक, माथिल्लो कोप्चे, बिहिबारे हटिया, तल्लो कोप्चे टुडिखेल, यलम्बर चोक, कोशी ग्यास मोड हुँदै मदन चोकमा आई दौड समापन हुनेछ। महिलातर्फ भने पेट्रोल पम्पबाट सुरु हुने बताइएको छ। 

पूर्व प्रहरी संस्था धनकुटाले गत वर्ष पनि हाफ म्याराथुन खुल्ला दौड प्रतियोगिताको आयोजना गरेको थियो। 

कार्यक्रममा बोल्दै धनकुटा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले खेलकुद गतिविधिले धनकुटालाई गुल्जार बनाउने विश्वास व्यक्त गरे। 

उनले समितिकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.