अस्पतालका कर्मचारी कुट्पिट गर्ने पक्राउ

अस्पतालका कर्मचारी कुट्पिट गर्ने पक्राउ

खाँदबारी : सङ्खुवासभा अस्पतालमा कार्यरत कर्मचारीलाई कुट्पिट गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ । 

हेल्थ असिस्टेन्ट(एचए) तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई अस्पतालका कर्मचारी माथि कुट्पिट गरेको आरोपमा पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी विरेन्द्र गोदारले जानकारी ।

पिडितको उजुरिका आधारमा बुधबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको डिएसपी गोदारले बताए । पक्राउ परेका एचए श्रेष्ठले अस्पतालका फार्मेसी इन्चार्ज धिरज रौनियर र अस्पतालका सूचना अधिकारी समेत रहेका मेडिकल रेकर्डर सुपरभाईजर शेखर खत्रीलाई मंगलबार साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहेको अवस्थामा कुटपिट गरेको अस्पताल सूचना अधिकारी खत्रीले जानकारी दिए । 

खत्रीले भने,‘हामी साँझ खानाखाएर अस्तालकै क्वाटरमा बसि रहेका थियौ एक्कासी कोठामा आएर दिपेश श्रेष्ठले म र धिरज रौनियार सरलाई आक्रमण गर्नभयो ।'

 कुट्पिटपछि अस्तालका कर्मचारीसहित गएका पीडित रौनियार र खत्री तत्काल जिल्ला प्रहरी कार्यालय उजुरी दर्ता गराउन गएका थिए । यसअघि पनि श्रेष्ठले कर्मचारीहरुलाई हातपात गरेको आरोप थियो । केहि दिन अघि मात्र श्रेष्ठले प्रशासन प्रमुखको जिम्मेवारी अर्का एक हस्तान्तरण गरेका थिए । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कर्मचारी माथी आक्रमण भएपछि मंगलबार साँझ अस्पतालको सेवा समेत प्रभावित भएको थियो । कर्मचारी माथि आक्रमण भएपछि डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुमा क्रास फैलिएको एक कर्मचारीले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.