दुर्गममा कादुरीको उज्यालो

दुर्गममा कादुरीको उज्यालो

गोरखा : त्यतिबेला जिल्ला विकास समितिको कार्यालयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नामकको छुट्टै कार्यक्रम थियो। केन्द्रले गाउँगाउँमा लघुजलविद्युत् उत्पादन गर्ने भनेर स्थानीयवासीको लालपुर्जा संकलन गथ्र्यो। तर, काम भने वर्षौंसम्म पनि झुलाइरहन्थ्यो। बिजुली बत्ती बाल्ने हतारमा रहेका दुर्गमवासी सरकारी ढिलासुस्तीले हैरान थिए। उनीहरूको त्यस भोगाइबाट एउटा कथन प्रचलित थियो, ‘वैकल्पिक ऊर्जा लैजाऊ जनताको पुर्जा, कादुरी आउ बिजुली बनाऊ।’

२० वर्षअघि विद्युत् प्राधिकरणले सदरमुकामबाहेक सुगम मानिने तल्लो भेगमा पनि विद्युत् विस्तार गरेको थिएन। अधिकांश गाउँबस्ती टुकी बत्तीमै निर्भर थिए। तल्लो भेगमा बिजुली नबल्दै गोरखाका चुमनुब्री, धार्चे गाउँपालिकाका विभिन्न दूरदराजका गाउँहरूमा बिजुली बत्ती बलेका थिए। मोटरबाटो नपुगेकाले ती भूभागलाई अहिले पनि दुर्गम मानिन्छ, तर बिजुली बत्ती भने सबै गाउँमा झिलिमिली छ।

दुर्गमका ती गाउँबस्तीका झुपडीमा बिजुली बत्ती बल्नुमा ‘कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ नामक सामाजिक संस्थाको योगदान छ।

यसले गोरखाका विशेष गरी चुमनुब्री र धार्चे गाउँपालिकाका ६ हजार ५ सय ८२ घरधुरीमा बिजुली बत्ती बालेको छ। त्यहाँका ३३ हजार ८ सय २९ जनाले बिजुली बत्तीबाट लाभ लिन पाएका कादुरीको तथ्यांकमा उल्लेख छ।

सो संस्थाले गोरखाका दुर्गम भेगका साना ठूला गरी २० ठाउँमा लघु जलविद्युत् आयोजना सञ्चालन गरेको छ। १० ठाउँमा सुधारिएको विद्युतीय मिल सञ्चालन गरेको कादुरीका प्राविधिक निर्देशक डा.नारायण गुरुङले जानकारी दिए। ‘२०५७ सालमा धार्चे ६ काशीगाउँ चामखर्कमा ७ किलोवाट क्षमताको विद्युत् उत्पादन गरेर उज्यालो अभियान सुरु गरेको थियो। त्यही वर्ष काशीगाउँका लागि १५ किलोवाट क्षमताको अर्को लघुजलविद्युत् आयोजना सञ्चालन गर्‍यो’, गुरुङले भने, ‘लगत्तै २०५९ सालमा अजिरकोट गाउँपालिकामा २६ किलोवाटको सुंगुरेखोला लघुजलविद्युत् आयोजना सञ्चालन गरियो। 

सोही वर्ष धार्चे ६ काशीगाउँमै २६ किलोवाटको छेटरखोला लघुजलविद्युत् आयोजना निर्माण गर्‍यौं।’ २०५९ मै अजिरकोट गाउँपालिका–३ मा अर्को १५ किलोवाटको बुधसिङ लघुजलविद्युत् आयोजना सञ्चालन गरेको उनले बताए। २०६५ सालमा चुमनुब्री गाउँपालिका ३ मा जगत लघुजलविद्युत् आयोजना सञ्चालन भयो। 

सोही वर्ष चुमनुब्री गाउँपालिका–६ मा १५ किलोवाटको चुम्लिङ लघुजलविद्युत् आयोजना निर्माण भएको उनले बताए। त्यस्तै २०६७ सालमा कादुरीले चुमनुब्री–७ छेकम्पारमा ३५ किलोवाटको लार लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न गर्‍यो भने २०७० सालमा सो विद्युत् लारबाट पाङदुन गाउँमा विस्तार गर्‍यो। त्यसपछि सोही आयोजनाबाट उत्पादित विद्युत् बुर्जी गाउँमा पनि विस्तार गर्‍यो। 

‘कादुरीले २०६७ सालमा ९० किलोवाटको छोटेखोला लघुजलविद्युत् आयोजना निर्माण गर्‍यो’, कादुरीका प्राविधिक निर्देशक डा. गुरुङले भने, ‘२०५८ सालमा चुमनुब्री ७ मा २४ किलोवाटको निले लघुजलविद्युत् आयोजना सञ्चालन गर्‍यो। २०६८ सालमा धार्चे १ मा १५ किलोवाटको हुल्चुक लघुजलविद्युत् आयोजना निर्माण गरियो।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.