२८ लाखको लागतमा प्रवेशद्वार निर्माण
महोत्तरी : मटिहानी बजारको सुन्दरतालाई बढाउनका निम्ति मटिहानी नगरपालिकाले २८ लाखको लागतमा प्रवेशद्वार निर्माण गरेको छ।
त्यस क्षेत्रकै पुरानो बजारलाई ऐतिहासिकता जोगाउनका निम्ति आर्थिक वर्ष २०७८/०७९ को नगरस्तरीय बजेटमार्फत सो गेटको निर्माण भएको हो।
शुक्रबार प्रवेशद्वार उद्घाटन समरोहलाई सम्बोधन गर्दै नगरप्रमुख हरिप्रसाद मण्डलले यसले मटिहानी बजारको गरिमा र सुन्दरतालाई बढाउन थप मद्दत गर्ने बताए।
नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण गर्नका लागि सधैंभरि तत्पर रहने नगरप्रमुख मण्डलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !