ई–भिसाबापत रकमको सटही सुविधा थप
![ई–भिसाबापत रकमको सटही सुविधा थप](https://annapurnapost.prixacdn.net/media/albums/Us-dolor_20181107015645_1p1wZip5VG.jpg)
काठमाडौं : नेपाल राष्ट्र बैंकले ई–भिसाबापत संकलित रकमको सटही सुविधा थप गरेको छ। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र– २०७८ संशोधन गर्दै विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त वाणिज्य बैंक,
संशोधित व्यवस्थाअनुसार ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय/डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था मिलाएको विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए।
भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दूतावास÷नियोगको तोकिएको परिवत्र्य विदेशी मुद्राको खातामा मात्र जम्मा हुनु पर्नेछ। यससँगै, वैदेशिक रोजगारीमा जाने नेपालीको ई–भिसा प्रोसेसिङको भिसा शुल्क भुक्तानी गर्दा सरकार र सम्बन्धित देशबीच भएको सम्झौतामा उल्लिखित भिसासम्बन्धी सम्पूर्ण व्यवस्थाको पालना हुनुपर्ने राष्ट्र बैंकले बताएको छ।
यसअघि इलेक्ट्रोनिक भिसा थिएन। यस्तो सटहीको विवरण महिना समाप्त भएको १५ दिनभित्र अनिवार्य रूपमा विदेशी विनिमय व्यवस्थापन विभागमा पेस गर्नु पर्नेछ। समय परिस्थितिअनुसार विभिन्न मुलुकले यो प्रणाली अवलम्बन गर्ने गरेको पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)