पहिरो पन्छाउँदै, बाटो खुलाउँदै चुमबासी

पहिरो पन्छाउँदै, बाटो खुलाउँदै चुमबासी

गोरखा : चुमनुब्री ६ लोक्पामा डेढ महिनादेखि अवरुद्ध बाटो स्थानीयबासीले खुलाउन थालेका छन् । मनसुन पातलिँदै जान थालेपछि डुयुखोला र सर्दीखोला बीचको आठसय मिटर फराकिलो पहिरो गाउँले मिलेर पन्छाउन सुरु गरेको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए ।

‘मंगलबारदेखि स्थानीयबासी मिलेर पहिरो फाल्दै बाटो खुलाउन सुरु गरिएको छ,' लामाले भने, 'बाटो अवरुद्ध हुँदा डेढ महिनादेखि खाद्यान्न ढुवानी गर्न पनि पाइएको छैन । स्थानीयबासी पनि आवतजावत गर्न पाएका छैनन् । चुमभ्याली जाने पर्यटकहरु पनि हिँड्न पाएका छैनन् । त्यसैले गाउँलेहरु मिलेर बाटो खुलाउन सुरु गरिएको हो ।’

पहिरो पन्छ्याएर बाटो खुलाएबापत लाग्ने खर्च गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट व्यवस्थापन हुने उनले बताए । यहाँ पहिलो पटक गत वर्षको असारमा पहिरो गएको थियो । सोही ठाउँमा गत असारमा फेरि पहिरो थपिएको हो । 

पहिरो पन्छाउन अझै दुई दिन लाग्ने स्थानीय सेराप गुरुङले बताए । ‘मंगलबारबाट पहिरो पन्छाउन सुरु गरिएको हो,' उनले भने, 'अलिअलि पन्छ्याएर मान्छे र खच्चड हिँड्न मिल्ने बनाइएको छ । एकदिनमा ५० मिटर जति पन्छ्याउन सकिन्छ । आठसय मिटर पहिरो पन्छाउन अझै दुईतीनदिन लाग्न सक्छ ।’

माथिबाट पहिरो झरिरहने र सिँधै तल स्यार खोलामा पुग्ने हुँदा काम गर्न ज्यादै जोखिम रहेको उनको भनाइ छ । दैनिक उपभोग्य वस्तु, सरकारी तथा गैरसरकारी संस्थाका योजनाका सामान ढुवानी गर्न पनि बाटो खुलाउन अपरिहार्य भएको उनले बताए । पहिरो पन्छ्याउने काम ज्यादै जोखिमपूर्ण रहेको सेरापको भनाइ छ । ‘डाँडामा एकजना हेरालु राखेका छौँ । काम गर्दैगर्दा पहिरो झर्यो भने हेरालुले सिठ्ठी बजाउँछ अनि हामी भाग्छौँ,' उनले भने, 'भागेको भागै गर्नुपर्छ । ज्यान खुकुरीको धारमा राखेर काम गरिरहेका छौँ ।’ 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.