उन्नत पाडीबाच्छी हुर्काउने किसानलाई १० हजार नगद
स्याङ्जा : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी र बाच्छी हुर्काउने किसानलाई जनही १० हजार नगद दिने भएको छ।
दुघ तथा दुधजन्य पदार्थको उत्पादन बढाउने उद्देश्यले उन्नत जातका गाईंभैंसी पाल्ने किसानलाई प्रोत्साहन स्वरुप सरकारले यस्ता अभियान संचालन गरेको कार्यालय प्रमुख डा. इन्द्रबहादुर भट्टले जानकारी दिए।
किसानले पशु विमा गरेका लगायत आवश्यक प्रमाण पेश गरेपछि कार्यालयले सो रकम उपलब्ध गराउँछन्। चालु आर्थिक वर्षको असार १५ गतेसम्म किसानले आफ्ना मागदावी गर्न सक्नेछन्। एक-पटक लिएका किसानले भने २ वर्षसम्म लिन नपाउने प्रावधान छ।
यसवर्ष १५ लाख रुपैयाँ विनियोजन भएको र १५ जना किसानलाई उपलब्ध गराइने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी गोपाल गिरी बताउँछन्। गतवर्ष १० लाख विनियोजन भएको र ९५ जना किसानले प्रोत्साहन वापतको रकम लिएको बताइएको छ।
ब्याएको भैंसी पाल्ने। तर पाडापाडी मास्ने चलन बढ्न थालेपछि पाडीबाच्छी संरक्षण अभियान सुरु गरिएको कार्यालयले जनाएको छ।
तस्बिर : भवानी अधिकारी।
प्रतिक्रिया दिनुहोस !