ट्याक्टरले च्यापिएर चालकको मृत्यु
गोरखा : बिहिबार राती ११ बजे अजीरकोट गाउँपालिका २ वलाङमा भएको ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ। सुपर चेपे हाइड्रोपावरको सिमेण्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा ग १ त ४५७४ नंबरको ट्याक्टर पल्टिँदा सिरानचोक गाउँपालिका छोप्राक घर भएका ट्याक्टर चालक विक्रम श्रेष्ठको मृत्यु भएको हो ।
ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो । ट्याक्टरले चेपिएको श्रेष्ठको शव शुक्रबार बिहान निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !