मनास्लु हिम पहिरोमा पुरिएका १३ जनाकै उद्धार

मनास्लु हिम पहिरोमा पुरिएका १३ जनाकै उद्धार

गोरखा : मनास्लु हिम पहिरोमा परेका सबैको उद्धार गरिएको छ । मनास्लुको तेस्रो शिविरबाट चौथो शिविर जाँदै गर्दा हिम पहिरोमा पुरिएका आरोहीका १३ जना सहयोगीको मंगलबार बिहान उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मौसम प्रतिकुल हुँदा गएराती तेस्रो शिविरमै राखिएका १० जनालाई अहिले बिहान हेलिकोप्टरबाट उद्धार गरेर सामागाउँसम्म ल्याइएको एसपी केदार खनालले बताए । ‘दुई जनाको हिजै उद्धार गरिएको थियो । अहिले बिहान १० जनाको उद्धार भयो’, एसपी केदार खनालले भने, ‘हिजो दुई र आज चारजना गरेर छ जनालाई काठमाडौं पुर्‍याइसकिएको छ । अरुलाई पनि काठमाडौँ लाने तयारी भइरहेको छ ।’ संखुवासभाका ४० वर्षीय निमा दोर्जे शेर्पा, संखुवासभाकै २५ वर्षका दावा शेर्पा, दोलखाका ४० वर्षीय फुरिता शेर्पा, दोलखाकै ३७ वर्षका लाक्पा तामाङलाई मंगलबार बिहान सवा आठबजे काठमाडौं लगिएको हो । उनीहरुमध्ये निमा दोर्जे शेर्पा गम्भीर घाइते छन् ।

तीन जनाको अवस्था सामान्य भएकाले हिँडेर तेस्रो शिविरबाट सामागाउँ झरिरहेका उनले बताए । उद्धारका लागि सिम्रिक एयर, हेली एभरेस्ट र कैलाश एयरका तीन हेलिकोप्टरहरु परिचालन गरिएको छ । सोमबार दिउसो १२ बजे हिमपहिरो जाँदा मनास्लु आरोहीका लागि आत्यावश्यकीय सामग्री ओसार्दै गरेका १३ जना सहयोगीहरु पुरिएका थिए । उनीहरुमध्ये एकजनाको मृत्यू भएको छ भने १२ जना घाइते छन् ।

मनास्लु आरोहण गर्न यो सिजनमा पर्यटन विभागबाट ४०४ जना विदेशी आरोहीले अनुमति लिएका छन् । विदेशी आरोही र नेपाली सहयोगी गरी एकहजार जना भन्दा धेरै अहिले मनास्लुका विभिन्न शिविरमा रहेकी पर्यटन विभागकी अधिकृत यशोदा अर्यालले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.