अमेरिकी चर्चित स्की आरोही हिलारी मृत अवस्थामा भेटिइन्

अमेरिकी चर्चित स्की आरोही हिलारी मृत अवस्थामा भेटिइन्

गोरखा : गोरखाको मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी प्रसिद्ध अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छन् । गत सोमबारदेखि हराइरहेकी उनलाई बुधबार बिहान मृत अवस्थामा भेटिएको सांग्रिला नेपाल ट्रेक्स प्रालिले जनाएको छ ।

मनास्लु आरोहण गरेर फर्किदा स्की गर्ने क्रममा उनी बेपत्ता भएकी थिइन् । 

उनको शव अहिले मनास्लु बेस क्याम्पमा छ। हेलिकोप्टरमार्फत सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । सामागाउँमा ल्याएपछि प्रहरी मुचुल्का तयार गरी शव काठमाडौं पठाउने उनले बताए ।

सँगै गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए । हिलारी भने स्की गर्दा मनाङतर्फको क्षेत्रमा हराएकी थिइन् ।

दुर्घटना स्थलबारे अध्ययन गर्न अमेरिकाबाट उनको परिवार आउँदै गरेको सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रवन्ध निर्देशक जीवन घिमिरेले जानकारी दिए ।

 हेलिकोप्टरबाट दुर्घटनास्थलको अवलोकनका लागि अनुमति लिने चरणमा रहेको घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.