होटेल व्यवसायीमाथि साङ्घातिक आक्रमण, चार पक्राउ

होटेल व्यवसायीमाथि साङ्घातिक आक्रमण, चार पक्राउ

महोत्तरी : बास बस्नका लागि आएका युवाहरूको एक समूहले महोत्तरीको वर्दिबासका एक होटेल व्यवसायीउपर साङ्घातिक आक्रमण गरेका छन्। 

बर्दिबास नगरपालिकामा सञ्चालित पानस होटेलका सञ्चालक रोशन कार्की उपर ११ जनाका समूहले साङ्घातिक रुपमा आक्रमण गरेका छन्।

होटेलमा बास बस्न आएका ती युवाहरूको समूहले एक आपसमा होहोल्ला गर्दा अन्य ग्राहकहरूलाई अशान्त भएपछि सम्झाउन जाँदा आफूमाथि एकाएक हमला भएको पीडित कार्कीले बताए।

पीडित कार्कीले भने, 'उनीहरू आपसमै झगडा गर्न लागेका र सम्झाउँदा समेत मानेको थिएन्। त्यसपछि बाध्य भएर मैले पैसा दिनुस् र जानुस् भनेपछि उनी बाँसको चिर्पट र मुक्का प्रहार गर्दै लडाएर घाँटी न्याकेका थिए।'

होटलमा राखिएको सीसीटीभी फुटेजमा कार्कीमाथि साङघातिक हमला भएको देखिएको बर्दिबासका होटेल विनायकका सञ्चालक विष्णु खडकाले बताएका छन्। 

क्यामरामा कार्की उनीहरूबाट उम्किएर भाग्न खोज्दा ती युवाहरूको अन्धाधुन्ध आक्रमणले उनी त्यही ढलेको खडकाको भनाइ रहेको छ। 

४ जना प्रहरीको नियन्त्रणमा

घटना भएपछि प्रहरीले जानकारी पाएलगतै खोजतलाश गर्ने क्रममा उनीहरूमध्ये चार जनालाई पक्राउ परेका छन्। अन्य भने फरार रहेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सखुवा महेन्द्रनगर बस्ने २२ वर्षीय राघव ठाकुर, सोही ठाउँ बस्ने २४ वर्षीय मोजिम साफी, २१ वर्षीय धिरज गुप्ता र वडा नम्बर ६ बस्ने २३ वर्षीय अनिकेश साह रहेका छन्। 

उनीहरूलाई मादकपदार्थ सेवन गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबास गौरीडाँडाले जनाएको छ।

होटेल व्यवसायी संघको आपति

यता होटल व्यवसायी संघले कार्कीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष सुदीप कार्कीले आक्रमण गर्ने कसैले पनि उन्मुक्ति पाउन नहुने आफूहरूको अडान रहेको जनाएको छ। उनीहरूलाई पक्राउ गरी अविलम्ब कारवाही गर्नुपर्ने स्थानीय होटेल व्यवसायीहरूको माग रहेको छ।

ज्यान मार्ने उद्देश्यले गरेको उक्त घटनाका मतियारहरूलाई जसरी पनि कानुनी दायरामा ल्याउनुपर्ने होटेल व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हीरा गौतमले बताए। 

उनीहरूलाइ उन्मुक्ति दिए होटल व्यवसायीहरूको सुरक्षामा गम्भीर प्रश्न चिन्ह खडा हुने भन्दै घटनामा संलग्नहरूलाई कुनै पनि छुट हुन नसक्ने भन्दै गौतमले आक्रोश व्यक्त गरेका छन्।

टाउको र घाटीमा चोट लागेको कार्कीको थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.