हातहतियार प्रहरीमा बुझाउन प्रशासनको आग्रह
गोरखा : सर्वसाधारणसित भएका अनुमतिपत्र प्राप्त हातहतियार (बन्दूक) यथाशीघ्र जिल्ला प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ।
गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको हो।
आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सर्वसाधारणसित भएको हतियार प्रहरी प्रशासनमा बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।
विधिवत् रूपमा बुझाएको हतियार प्रहरी कार्यालयले चुनाव सकिनासाथ सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !