सामाजिक सुरक्षा भत्ता टोलमै
स्याङ्जा : दसैंको मुखैमा टोलबाटै भत्ता पाउँदा यहाँका अशक्त, अपांग र बृद्ध नागरिक खुसी देखिएका छन्।
नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारर नगरपालिका-१३ का ११५ जना असक्त र अपांगलाई सामाजिक सुरक्षा भत्ता वापतको सो रकम टोलबाट प्रदान गरेपछि उनीहरू खुसी देखिएका हुन।
'निर्वाचनका बेला बोलेका कुरालाई क्रमशः व्यवहारमा लागू गर्दै आएको छु, रकम प्रदान गर्दै नगरप्रमुख रेग्मीले भने, 'जसका कारण सदरमुकाम तथा बयरघारीमा पुगेर भत्ता लिनुपर्ने बाध्यता हटेको छ।'
पछिल्ला दिनमा घरघरमा पुगेर वितरण गर्ने उनले बताए। यसअघि वडावासी भत्ताका लागि सदरमुकाम तथा बयरघारी शाखामा जानुपर्ने वाध्यता थियो।
तर, भत्ता पाउने अन्य भने अझै पनि गरिमा विकास बैंकका शाखामा जानुपर्छ।
असक्त, वृद्ध, अपांगलाई चारवटा टोलमा पुगेर सो रकम वितरण गरिएको गरिमा विकास बैंकका शाखा प्रमुख चिरन्जीवी अर्यालले जानकारी दिए।
उनका अनुसार अघिल्लो पटक पनि भत्ता नलिएका केही र थप यस पटकको तीन महिनाको जनही १२ हजारका दरले भत्ता बुझाइएको छ।
घरबाट सदरमुकामसम्म पुगेर दिनभर लाइन बसेर भत्ता लिन निकै कठिनाई भोग्दै आएको बताउँदै अब सहज भएको उनीहरूको भनाइ छ।