रोकौं गालीमा ताली
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन ५४ दिन बाँकी छ। निर्वाचन कार्यक्रमका विभिन्न चरण सञ्चालनमा छन्। जसरी पनि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरू सघन संघर्षमा देखिन्छन्। गठबन्धन गर्ने, लोकिप्रिय उमेद्घार छान्नेदेखी लिएर निकै आकर्षक घोषणापत्र बनाउने सम्मका कुरामा व्यवस्तता उच्च छ। निर्वाचन लक्षित गरेरै राजनीतिक परिवृत्तमा थरिथरिका विश्लेषण चल्दैछन्। सबै दलले आपूmलाई अब्बल अनि देश र जनताको सच्चा पहरेदार बताउने कुरा सामान्य नै हो। यद्यपि आमनागरिकको नजरमा को कति पानीमाथि छ भन्ने निचोडका लागि चाहिँ निर्वाचन परिणाम नै कुर्नै पर्छ।
म जित्छु, मेरो दल लोकप्रिय छ भन्ने अधिकार त सबैलाई छ। तर यो केवल आत्मरति वा साँच्चै यथार्थ हो भन्ने अन्तिम बोध हुन जनता जनार्दनको अभिमत पर्खनुको बिकल्प हुँदैन। दलहरू अहिले तिनै जनता जनार्दनको अभिमत तथा ऐक्यवद्घता आपूmप्रति केन्द्रित गर्न जोडतोड गरिरहेछन्। आपूmलाई राम्रो देखाउने अभिप्रायमा एकअर्कामाथि अपनाइएका विरोधका शैली र प्रतिशैलीहरू भने घोर निराशाजनक छन्। अन्य दलको विरोध गर्ने नाममा कहिलेकाहिँ व्यक्तिगत गालीगलौजसमेत गरिँदैछ। निजीजीवनका नितान्त भिन्न अवस्थामाथि समेत प्रहार हुनुचाहिँ खेदजनक विषय हो। कसैले त्यस्तो माध्यम प्रयोग गरेपछि आरोपित पक्षले पनि बाध्य भएर समान तवरको प्रकृया अवलम्बन गरी खण्डन गर्नुपर्ने अवस्था आउँछ।
‘संविधानतः बिनाहातहतियार भेला भई विचारहरू सम्प्रेषण गर्न पाउनु सबै राजनीतिक दलको अधिकार हो। नेतृत्वले भद्र विचार र प्रिय कार्यक्रमभन्दा अरूप्रति गालीको साहाराले ताली खोज्ने मानसिकता मौलाउँदो छ। यस्तो राजनीतिक अभ्यास गर्दा नेतृत्वको विवेकसमेत गम्भीर रूपमा ऋणात्मक देखिँदैछ। यसले राजनीतिमाथि पनि अनन्तः वितृष्णा पैदा गर्छ। पुराना मानिएका दलहरू त यस्तै प्रशिक्षण तथा अभ्यास बटुलेर यहाँसम्म आएका हुन्। आपूmलाई नयाँ अनि बैकल्पिक भन्ने समूह तथा त्यसका आकांक्षीहरू पनि यस्तै निस्प्रभावी तथा निरर्थक नोकझोकमा ओर्लनुचाहिँ दुःखदायी बन्दैछ।
राजनीतिलाई दोस्रो उपमाको नजिक लैजाँदैछ। यसरी देशको प्रगति अनि नेतृत्व र राजनीतिमाथि नागरिक विश्वासको बढोत्तरी दुबै हुँदैन। दुर्धन्ध अनि कहालीमात्र पैmलन्छ। चुलेंसीमाथि फर्सी अथवा फर्सीमाथि चुलेसी जे खसे पनि आखिर फर्सी नै काटिन्छ। यस्ता खालका गतिविधिले राजनीतिमाथि नैराश्यता तथा नेतृत्वमाथि घोर निराशाको सागर निर्माण गर्छ।
गालीगलौजको वर्षा हुन थाल्यो भने त्यसले राजनीतिलाई अनुपात्दकसँगै प्रत्युत्पादक पनि बनाउँछ। दलहरू अरूलाई त्राहिमाम होइन, सुरक्षित गराउनेतिर लाग्नुपर्छ। कार्यकर्तालाई सोही प्रशिक्षण दिनुपर्छ। कसैलाई अपमानित गरे रिसाउँछ तर माया गरे जवाफमा माया नै गर्न बाध्य हुन्छ। अरूको सहयोग खोज्नेले यो शाश्वत सत्य बिर्सनु हँुदैन। राजनीतिमा ज्यान लिएर, मांसहारी आन्दोलन गरेर र घृणा दिएर होइन, विचार तथा कार्यक्रम दिएर सिद्घान्त स्थापित गर्नुपर्छ। अझै कटाक्ष बढाउनेभन्दा सबैले देशप्रतिको प्रधान आवश्यकतालाई आत्मसात गर्नुपर्छ। राजनीतिको बाटो र कार्यविधि बदल्नु पर्छ। यस्ता टकरावले नागरिकका आशा र लक्ष्य हराएको छ। निर्वाचनका सबै अकांक्षीले गालीमोह त्यागेर आशातीत लक्ष्य पहिल्याउँदै समुन्नत देश निर्माणमा होस्टेमा हैंसे गर्नुपर्छ। सबैले आफ्नो भूमिकाको आत्मसमीक्षा गर्दै विचलित लक्ष्यलाई पुनर्जीवित गर्ने उद्देश्यमा समाहित हुनुपर्छ।
विचलित लक्ष
संविधान निर्माणपछि देशमा राजनीतिक, सामाजिक, आर्थिक प्रगतिको आशा थियो। पछिल्ला असहजता हेर्दा सघन संशय र शंका नकार्न सकिँदैन। विभिन्न खालका विचलन, खतरा तथा अलोकप्रिय कदमहरू थोरबहुत सबैबाट भए। संविधानको कार्यान्वयन तथा प्रगतिको रफ्तारमा अनि स्थायित्वको सुरुआती अभ्यासमा देखिएका आपसी असहमति र गैरइमान्दारिताले सबैलाई विरक्त बनायो। यो निर्वाचनले चाहिँ केही आशा र सम्भावना दिन्छ कि भनेर आशा जागेको छ। तर निर्वाचनलाई हेरी नागरिक केन्द्रित योजना तथा कार्यक्रमहरूमाथि चिन्तनमनन छैन। दलहरू एकअर्कालाई सत्तोसराप गर्न हौसिँदा त्यसले जानीनजानी गालीबेइज्जतिको अशोभनीय अभ्यास मौलाउँदै छ।
दलहरू आफूलाई सुधार्दै नागरिक विश्वास आर्जन गर्नेभन्दा अरूको हुर्मत लिने अभ्यासमा रमाउँदै छन्। यसले राजनीतिक संस्कार नै ध्वस्त हुन्छ। विख्यात नवमाक्र्सवादी लेखक नोम चोम्स्की नेपालको राजनीतिमा देखिएको ‘वंशवाद अनि गालीमोह’लाई खेदजन्य भन्छन्। यसले राजनीतिलाई दिन÷प्रतिदिन जीर्ण र क्षीण बनाउँदैछ। अरूलाई गाली दिनुभन्दा आफैंलाई सुधार्दै जनताका लागि राम्रा कार्यक्रम ल्याउनुचाहिँ आजको आवश्यकता हो। अंगे्रजीको पुरानो शब्दकोष अनुसार ‘पार्लियामेन्ट’को एउटा अर्थ लाटकोसेराहरूको सभा भन्ने पनि लाग्छ। त्यही संसद्लाई कार्ल माक्सले सम्भ्रान्तहरूको अहंकारी गफ गर्ने चिया पसल भन्थे। समानुपातिकको सूची हेर्दा यदाकदा नेपाली राजनीतिमा समेत यही विशेषता नझल्किएको पनि होइन। यद्यपि सबै दलले आफूलाई देश र नागरिकका लागि समर्पित भन्छन्। उनीहरूका लागि देशको परिभाषाचाहिँ फ्रान्सका पुराना शासक लुइस चौधांैको ‘देश म हँु र म नै देश हो’ भन्नेजस्तै देखिन्छ। उनीहरूको धेरै समय केवल आफ्नो स्वार्थ हेर्नेमा र अरूलाई गाली गर्नेमा बित्छ।
अहिले नेता÷नेताबीच भएको टकरावसँगै नागरिकको तहमा उक्त तुष र पूर्वाग्रह विस्फोट भएमा एकअर्काप्रतिको सद्भाव र सामिप्यता हराउन सक्छ। दीर्घकालीन घृणा र हेय बढ्न सक्छ। सामाजिक आत्मीयतासमेत भड्किन सक्छ। जसको व्यवस्थापन गाली र दोषारोपणको शृंखला निर्माण गर्ने नेताहरूको कौशलले नभ्याउन सक्छ। यसकारण अरूलाई सत्तोसराप गरेर आफूलाई अब्बल ठान्ने सोचलाई तत्काल रचनात्मक विश्राम दिनुपर्छ। नयाँ शैलीको राजनीति नगरे अन्ततोगत्वा नेतृत्वपंक्तिलाई महंगो दुस्साहस बन्नेछ। स्थानीय निर्वाचनका परिणामले पनि अरूको खन्डन र गालीबेइज्जती गर्दा आफ्नै धरातल कमजोर हँुदोरहेछ भन्ने सन्देश दिइसकेको छ। यो आत्मसातसँगै विकसित र समुन्नत राष्ट्रका सफल राजनीतिहरूबाट प्रशस्त दीक्षित बन्दै विरोधको राजनीतिक संस्कार बदल्नुपर्छ।
विश्व राजनीतिको शिक्षा
मारग्यारेट थ्याचरले बन्दुक बोकिनन्। आफ्ना कार्यक्रमलाई अरूका विरुद्घ लक्षित गर्नेभन्दा नागरिक जीवन निर्वाहलाई सहयोग गर्ने दिशामा लगाइन्। रोनाल्ड रेगनले कसैलाई शत्रु ठानेनन्। जनतालाई राम्रा सुधारका कार्यक्रम दिए, देश उनको पक्षमा रह्यो। सम्पूर्ण विपक्षी उनका समयभर कमजोर रहे। राजनीतिलाई लड्ने÷भिड्ने र मारकाटको कित्तामा प्रयोग गरिएन। जनतालाई शान्तिसुरक्षा दिन, अमनचयन कायम राख्नसँगै सुशासन, समृद्घि, आर्थिक विकास, सामाजिक न्याय उन्नयन श्रीवृद्घिको प्रतिस्पर्धामा प्रयोग गरियो। राम्रा कार्यक्रम दिए कुनै पनि दलका विरोधी शक्तिहरूलाई जनताले नै परास्त गर्छन्। राजनीतिक तहमा खोचे थाप्नै पर्दैन। एउटा शक्तिले अर्को शक्तिविरुद्घ नेतृत्व तहमा संघर्ष गर्ने होइन। जनताको आदेश र अनुमोदनमात्र माग्नु पर्छ अनि चुनाव सामना गर्नु पर्र्छ।
समाजको अग्रगामी रूपान्तरण गराएका कुनै पनि नेताले अरूको विरोध गरेनन्। आफ्नो क्षमता र सामथ्र्य वृद्घिमा तल्लीन रहे। विड्रो विल्सन, विस्टन चर्चिल, नेल्सन मन्डेला, जोनएफ केनेडीजस्ता युगान्तकारी नेताले सहजै विपक्षीहरूलाई निस्तेज गरे। रुसमा पुटिन तथा जर्मनीमा मार्केल लगातार राष्ट्रपति बने। चीनमा सी र बंगलादेशमा हसिनासमेत यसै पथमा छन्। फ्रयाङ्कलिन डी रूजभेल्ट नियम नै परिवर्तन गर्नुपर्ने गरी जनताबाट चार÷चारपटक राष्ट्रपतिमा निर्वाचित भए।
ली क्वान, महाथिर वीन मोहोम्मदले उठाएका जस्तासुकै कदमलाई नागरिकले सहर्ष स्वीकारे र सहयोग गरे। केही वर्ष अघिसम्म नेपालजस्तै अल्पविकसित देश गनिने विकासोन्मुख मलेसिया सन् २०३० मा विकसित देशमा गनिनेछ। कारण नेतृत्वले अरूको विरोध गर्नुभन्दा नागरिकलाई परिवर्तनका कार्यक्रममार्फत आफ्नो पक्षमा राख्यो। नागरिक जीवन स्तरोन्नति, समाजको व्यापक पुनर्निर्माण अनि अधिकांश जनताले आत्मसन्तुष्टि महसुस गर्ने कार्यक्रम दियो। नागरिक सम्मान कमाउन दलहरूले आमविकास, व्यापक सामाजिक सुधार, गरिबी निवारण, भ्रष्टाचार निर्मुलीकरण, दमन र हिंसाको अन्त्य, बेरोजगारी व्यवस्थापनजस्ता अहं मुद्दाहरूको पक्षमा ठोस कार्ययोजना तय गर्नुपर्छ। ती कुरा कार्यान्वयन गर्न सरकार बनाउन प्रयास गर्ने भनेर जनतालाई बुझाउँदै चुनावमा होमिनुपर्छ।
सेनाले युद्घ, विद्यार्थीले परीक्षा तथा राजनीतिक दलले चुनाव जुनसुकै बेला हुनसक्ने भन्दै सदैव तयार रहनुपर्छ। जनताका लागि राम्रा काम गर्न नसक्नु तर अरूलाई सराप्दै म नै राम्रो भन्नु लोकतान्त्रिक संस्कार होइन। जसले सरकार बनाए पनि देशको विकासलाई निरन्तर साथ दिनुपर्छ। ‘कन्सेन्सस् डेमोक्रेसी’ भनिने यस्तो अभ्यासले राजनीतिलाई सुसंस्कृत बनाउँछ। स्विट्जरल्याण्ड, जर्मनी, डेनमार्क, स्वीडेनमा यसलाई राष्ट्रिय राजनीतिको मुख्य विशेषता भनिन्छ। ए लिजपर्टको पुस्तक ‘प्याट्रन अफ डेमोक्रेसी’मा यसलाई प्रजातान्त्रिक व्यवस्थाको अलौकिक उदाहरण मानिएको छ। यस्तो हुँदा विकासका गतिविधिले गति लिन्छन्। सरकार फेरिए पनि नीति र कार्यक्रम निरन्तर रहन्छन्। राजनीतिक स्थिरतासँगै आर्थिक प्रगतिको पथ मुख्य सूचीमा पर्छ। नागरिकले परिवर्तनको महसुस गर्छन्।
अहिले युद्घ छेडेर होइन, बुद्घ बनेर परिवर्तन गर्नेहरूको खाँचो छ। गान्धी बन्न सक्नुपर्छ। अन्ना हजारेको नजीरलाई हेर्नु पर्छ, नेल्सन मण्डेलालाई खोज्नुपर्छ। गालीमा ताली साट्ने राजनीति अन्त्य हुनुपर्छ। अर्काको अनावश्यक विरोधभन्दा नागरिकलाई प्रिय कार्यक्रम दिने प्रतिस्पर्धा भए राजनीतिको कुष्ठरोग आफैं निको हुन्छ। दलहरूको स्तर त ती कार्यक्रम र त्यसलाई व्यवहारमा लैजाने सामथ्र्यको आधारमा नागरिकले नै कायम गरिदिनेछन्। आफूलाई राम्रो देखाउन अरूलाई गाली गरिरहनु पर्दैन। नागरिक केन्द्रित कार्यक्रम लिएर चुनावमा गए पुगिहाल्छ।