मधेशमा दसैंका अनौठा १० परम्परा

मधेशमा दसैंका अनौठा १० परम्परा

महोत्तरी :  दसैं आएपछि तराई मधेशमा अनौठा विषयहरू प्रत्यक्ष हेर्न पाइन्छ। यहाँको वातावरण नै जादुमय हुन थाल्छ। सहरी क्षेत्रमा त क्रमिक रूपमा यस्ता परम्पराहरू हराउँदै गएको छ। 

तर, ग्रामीण भेगमा अझ जादुटुनामय क्रियाकलापहरू कायमै रहेका छन्। २१औं शताब्दीमा आइपुग्दासमेत समाजमा यस्ता अन्धविश्वास कायमै छ। प्रस्तुत छ, दसैं अवधिभर ग्रामीण क्षेत्रमा गरिने केही अनौठो परम्परा :

१) कोखिया गुहायर गर्नु : 

रातिको समयमा नि:सन्तानको कुलदेवतालाई गुहारेर गरिने क्षमापूजालाई नै कोखिया गुहायर भन्ने गरिन्छ। सन्तान प्राप्तिका निम्ति धामी झाक्रीले पीडितको घरमै गई यो पूजा गरिन्छ। दसैं अवधिभर सन्तान पाउने आसमा नि:सन्तान दम्पति यस पूजामा व्यस्त हुन्छन्। २१औं शताब्दीमा आएर वैज्ञानिकमाथि विश्वास गर्ने समाजले यसतर्फ ध्यान दिन छाडेका छन्। 

२) डिगडिगिया पिट्नु :
घटस्थापनादेखि दशमीसम्म माता भवानीलाई स्वागत गर्न साँझको समयमा ढोल पिट्नुलाई डिगडिगिया पिट्नु भनिन्छ। खासगरि चमार समुदायले टोलटोलमा पुगी यस्ता कार्य गरेको पाइन्छ। यो रिवाज अहिले ग्रामीण क्षेत्रमा कायमै छ। 

३) बच्चालाई हिङ/लसुन लगाउनु :
दसैं अवधिमा बालबच्चामाथि कसैको कुदृष्टि नपरोस् भन्ने उद्देश्यले हिङ/लसुन लगाउने गरिन्छ। यसो गर्दा नजर नलाग्नुको साथै देवीमाताले कृपा राख्ने लोकविश्वास रहेको छ। पछिल्लो समयमा सहरी क्षेत्रमा यसको प्रयोगमा कमी आएपनि ग्रामीण भेगमा यो विधि जारी नै छ। 

४) मुलगेटको छेउमा कालो रंगको चिह्न लगाउनु : 
घरपरिवार र बालबच्चालाई बचाउनका निम्ति यसो गरेको पाइन्छ। गृहणीले घटनास्थापनाको दिन लगाइएको कालो रंगको चिह्न नवमीका दिन एकाबिहानै हटाउने गरिन्छ। नवमीका दिन देवी दुर्गा घरघरमा जाने भएकाले उनलाई स्वागतका निम्ति सो कालो रंगको निशाना हटाएको पाइन्छ। 

५) तान्त्रिक विधि सिद्ध गर्नु :
सिकारु धामी झाक्रीले दसैंको अवधिभर गहवर (पूजाकोठा) भित्र परीक्षा दिने गर्दछन्। वर्षभर सिकेका मन्त्रहरूको परीक्षण यसै समयमा गर्ने गरिन्छ। भनिन्छ, यस कार्यले देवी दुर्गा प्रसन्न भई आर्शीवाद दिइन्छ। उनीहरूको आशिष सदैव कायमै रहन्छ। 

६) झिझिया नृत्य गर्नु :
घरपरिवार र गाउँलाई कुदृष्टिबाट बचाउका निम्ति महिलाहरू दसैं अवधिभर झिझिया नृत्य गर्ने गरिन्छ। गाउँको ब्रम्हस्थान मन्दिरको प्राङ्गणमा राति समूहगत रूपमा गीत गाई नृत्य गरिन्छ। यसो गर्नाले कुदृष्टि हट्नुको साथै ब्रह्मबाबाले गाउँको रक्षा गर्ने धार्मिक विश्वास छ। 

७) भूतमेला :
वर्षौदेखि दुष्टात्माले सताएकाहरूलाई मुक्ति दिलाउनका निम्ति दसैंको अवसर पारी भूतमेलाको आयोजना गर्ने गरिन्छ। महोत्तरीको सोनामाई मन्दिर प्राङ्गणमा आउने यस्ता पीडितहरू आफैं हाँस्ने, खेल्ने, बक्ने लगायतका गतिविधिहरू गर्ने गर्दछन्। उनीहरू त्यहाँबाट निको भई फर्कने जनविश्वास रहेको छ। सोनामाई मन्दिरमा दसैंको पञ्चमीदेखि सप्तमीसम्म भूत मेला लाग्ने गदर्छ। जहाँ हजारौंको संख्यामा यस्ता पीडितहरू आउने गर्दछन्। 

८) खोइछा भर्नु :
नि:सन्तानले पहिलो सन्तान पाएको खुसीमा हरेक वर्ष देवी दुर्गालाई शृंगार, पूजा सामग्री राखी खोइछा भर्ने चलन रहेको छ। सन्तानको दीर्घायु एवम् घरपरिवारको कल्याणका लागि यस्ता गतिविधि गर्दै आएको पाइन्छ। देवी दुर्गाका प्रतिमा रहेको स्थानमा एकसाथ शुभसाइत पारि खोइछा भर्ने गरिन्छ। 

९) मन्दिरमा महिला प्रवेश निषेध :
जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा दसैंको अवधिभर महिला प्रवेशमा निषेध गरिन्छ। परापूर्वकालमा मन्दिरमा पूजा गर्न गएकी महिला एकाएक बेपत्ता भएपछि मन्दिरभित्र छिर्न निषेध गरिएको जनविश्वास रहेको छ। मन्दिरभित्र महिला प्रवेश गरे अनिष्ट हुने धार्मिक जनविश्वास रहेको छ। पूजा गर्नका लागि मन्दिरमा बालबालिका र पुरुषमात्र छिर्न पाउँछन्। 

१०) दशद्वार खुल्ला 
बडादसैंको दशौं दिनलाई शुभसाइत मानिन्छ। यस दिनलाई स्थानीय भाषामा दशद्वारा खुला भएको दिनका रूपमा लिने गरिन्छ। यस दिन कुनै पनि कार्य गर्नका निम्ति साइत हेर्न नपर्ने सामाजिक मान्यता रहेको छ। 

विश्व लगायत नेपाल २१औं शताब्दीमा प्रवेश गरे तापनि तराई मधेश क्षेत्र आफ्ना पुराना रीतिरिवाजलाई निरन्तरता दिँदै आएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.