लोपोन्मुख चर्खे पिङमा आकर्षण (फोटो फिचर)
गुल्मी : हराउँदै जान थालेको काठको चर्खे पिङ खेल्नका लागि स्थानीयको भिड लागेको छ। मालिका गाउँपालिका-६ घमिर गुल्मीको खड्क छत्र मन्दिरमा लागेको महानवमी मेलामा राखिएको चर्खे पिङमा स्थानीयको आकर्षण देखिएको हो।
पछिल्लो समय काठले बनेका पिङहरु लोपहुँदै जान थालेका छन्। काठै काठले बनेका पिङ आकर्षकसमेत देखिन्छन्। मेला महोत्सव र चाडपर्वमा प्रायः फलामका पिङहरु हुन्छन्। ६ वर्षदेखि निरन्तर यस ठाउँमा काठको चर्खे पिङ राख्ने गरिएको घमीरका स्थानीय युवा टीका खत्रीले सुनाए। पिङ चढ्दा प्रतिव्यक्ति पचास रुपैयाँ लिने गरिएको खत्रीले बताए।
_20221004185523.jpg)
_20221004185524.jpg)
_20221004185525.jpg)
_20221004185528.jpg)
प्रतिक्रिया दिनुहोस !