अछाममा एमाले नेताले दिए पदबाट सामूहिक राजीनामा

अछाममा एमाले नेताले दिए पदबाट सामूहिक राजीनामा

अछाम : भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। अछाम क्षेत्र नं १ बाट रावलको एकल नाम सिफारिस हुँदासमेत टिकट नदिएको भन्दै १२२ जनाले राजिनामा दिएका हुन्। 

अहिलेसम्म ४१ जना जिल्ला कमिटी सदस्य र ८१ जना नगरकमिटीका पदाधिकारी सदस्यहरुले पदबाट राजिनामा दिएका छन्। क्षेत्र नं १ क्षेत्रिय निर्वाचन कमिटी संयोजक तथा जिल्ला सचिवालय सदस्य प्रकाश शाह, उपसंयोजक केशर मियाँ, जिल्ला कमिटी सदस्य दुतकला बिष्ट, बालगिरी कुँवर, टंक रावल लगायत १२२ जना नेताहरुले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन्। 

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको, पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले राजीनामा दिएको निर्वाचन कमिटी संयोजक प्रकाश शाहले बताए। 

उनले भने, ‘यहाँको कार्यकर्ताको मनोबल गिराउने काम भयो, भीम रावलको विकल्प खोज्ने जुन काम पार्टीले गरेको छ, यसकाविरुद्ध हाम्रो संघर्ष हो। पदबाट राजीनामा गरेका छौं, पार्टी परित्याग गर्देनौ, यहि पार्टी भित्र बसेर अन्तर्संघर्ष गर्नेछौं।’

पार्टीका अन्य नेताहरुले राजीनामा दिने क्रमपनि चलिरहेकाले संख्या बढ्न सक्ने बताएका छन्। गत भदौ १९ गते बसेको क्षेत्रिय निर्वाचन समन्वय समितिको बैठकले अछाम क्षेत्र नं १ बाट सर्वसम्मत रावलको एकल नाम सिफारिस गरेको थियो। केन्द्रको निर्णयको विरुद्ध विद्रोह गर्न राजीनामा दिएको साँफेबगर नगरकमिटी अध्यक्ष ढकेन्द्र कुँवरले बताए।

उनले भने,‘नगरकमिटीका ८१ जनाले राजिनामा गरेका छौं, अरुको समेत आउँदै छ राजिनामा।’ एमालेले रावलको क्षेत्रमा झपट बोहरालाई टिकट दिएको छ। बोहरा नेकपा माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.